Comments Add Comment

मनकामना पुनर्निर्माण सकियो, दशैंमा मन्दिरभित्रै पूजा गर्न पाइने

२९ भदौ, गोरखा । गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुननिर्माण सकिएको छ ।

मूल मन्दिरको संरचना पुननिर्माणको काम सकिएको मन्दिर जिर्णोद्धार समितिले जनाएको छ । ‘स्टक्चरको काम सकियो,’ समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले भने, ‘आँगनमा ढुङ्गा छाप्ने र रिटेनिङ वाल लगाउने काम बाँकी छ ।’

मन्दिरको पश्चिम भागमा ‘रिटेनिङ वाल’ लगाउन पूरातत्व विभागले स्टिमेट गरिरहेको उनले बताए । ‘आगँनमा छाप्ने ढुङ्गा नुवाकोट बाट ल्याउने निर्णय भइसकेको छ भोलिदेखि ढुङ्गा ल्याएर छाप्ने काम शुरु गर्छाै,’ श्रेष्ठले भने ।

मन्दिरको संरचना पुननिर्माणका लागि १३ करोड रुपैयाँ खर्च भएको उनको भनाइ छ । ‘सुन मात्र १८ किलो लाग्यो, त्यसकै लागि करिव दश करोड रकम खर्च भयो,’ उनले भने । मन्दिर जीणर्ाेद्धारका लागि पुरातत्व बिभागबाट निकासा भएको चार करोड रकमले सात किलो सुन खरिद गरिएको थियो । मन्दिर पुननिर्माणका लागि भक्तजनबाटै करिब दश करोड रकम संकलन भएको थियो ।

दशैंसम्ममा भक्तजनले मन्दिरभित्रै पूजा गर्न पाउने श्रेष्ठले बताए । अहिले मन्दिर नजिकै अस्थायी टहरा बनाएर भक्तजनलाइ पुजाआजाको व्यवस्था मिलाइएको छ । भूकम्प अघि नै मन्दिर ६ इन्च ढल्किएको थियो । २०७२ वैशाखको भूकम्पले थप ढल्किएपछि पुननिर्माण थालिएको हो । रकम बाँकी रहे मन्दिरको पुर्वतिर धर्मशाला बनाउने योजना समितिको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment