२९ भदौ, काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका बुबाआमाले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेटेका छन् ।
निर्मलाका बुबाआमा यज्ञराज/दुर्गादेवीले शुक्रबार अपरान्ह थापालाई भेटेका हुन् । अधिकारकर्मीहरुसहित गृह पुगेका उनीहरुले थापालाई ज्ञापन पत्र समेत बुझाएका थिए ।
ज्ञापन पत्र बुझ्दै थापाले आफूहरु दोषी नजिक पुगेको बताए । ‘अनुसन्धानमा लापरबाही गर्नेलाई छुट दिने पक्षमा राज्य छैन’, उनले भने, ‘छानबिनको प्रक्रिया थालिसकिएको छ । तीब्र रुपमा समितिले परिणाम ल्याउने गरी काम गरिरहेको छ ।’
उनले घटनाका दोषीलाई जसरी भए पनि कानुनको कठघरामा उभ्याइछाड्ने बताउँदै जनताको आवाजलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
‘हामी जनताको सेवक हौं, मालिक होइन’, उनले भने, ‘जनताको जिउधनको रक्षा गर्ने दिदीबहिनीको अस्मिता जोगाउने हाम्रो काम हो । जसमा हामी प्रतिबद्ध छौं ।’
थापाले जबसम्म अपराधी समातिँदैन तबसम्म आफूलाई पनि सन्तुष्ट नहुने बताए । ‘जति जनतालाई पीडा भएको त्यो भन्दा बढी पीडा गृहमन्त्रीलाई भएको छ’, उनले भने, ‘गम्भीरताका साथ अनुसन्धान गर्छाैं ।’
गृहमन्त्रीसँग भेटेपछि कुराकानी गर्दै बुबा यज्ञराजले आफूहरुले पाउने आशा लगभग मारिसकेको बताउँदै न्याय नपाइएसम्म काठमाडौंमै बस्ने समेत बताए ।
भेटवार्ताका क्रममा गृहसचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मी पनि उपस्थित थिए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4