1. ताजा अपडेट
Comments Add Comment
पुरन बहादुर राना
२०७५ भदौ ३१ गते १०:३६
नेपाली राजनीतिमा अहिले सिला टिपिराखेको कांग्रेस अगाडि आउन यसरी मात्रै सम्भब छ; १. प्रबक्ता विश्व प्रकाश शर्मा वा गगन थापालाई महाधिबेशनमा पार्टी सभापति बनाएर । - यो धेरै गाह्रो कुरा हो । २. नेकपाको महाधिबेशनमा प्रचण्डले ओली संग कुरा नमिलेर पार्टी फुटाए भने । - सकेसम्म यो घटना नघटोस ।
BB
२०७५ भदौ ३० गते २१:००
All the old leadrs of any Nepalese political parties should stay back, prepare for retirement life, take over by the young leader. Nepalese Congress will not get chance next 15/20 years, it is depend on handling the country by the NCP.
chekrree pakutto
२०७५ भदौ ३० गते ११:००
Yes, every leader in Nepal are born dying stuck on the chair. I am not in support of anyone, but my opinion is why one should tire for give the post up? Is that dowry or the public bench? Mishap of the Congress party now, tomorrow and future.
रविरमण अधिकारी, सिनामंगल
२०७५ भदौ ३० गते ९:०८
नेपाली कांग्रेसलाई सहि रुपमा दिशा निर्देश गर्न शेर बहादुर दाइको अझै १० वर्ष आवश्यकता छ । कसैले रहर गर्दैमा नेतृत्व छाडी दिने हो भने कांग्रेस अझै तहस नहस हुन्छ । पार्टी हाक्न स्वच्छ, सक्षम र अन्तर्राष्ट्रिय रुपमा परिचित नेतृत्व चाहिन्छ जुन शेर बहादुर देउवा बाहेक अरु कुनै माइकालाल छैन कांग्रेस भित्र । कांग्रेस भित्र वंशवाद र अंशवादबाट चल्नेवाला छैन र युवा भनिने नेताहरुबाट पनि चल्ने देखिदैन किनकी कोहि घडी-चोर, कोहि बाख्रा-चोर र कोहि कुख्रा-चोर मात्रै छन् ....
Alpine
२०७५ भदौ २९ गते २३:३६
Totaram Congress lai dubaera matri thakne cha.
Krishna Krishna
२०७५ भदौ २९ गते २२:३७
Nathakeko hola, sandarbhikata sakiyo.

शशांकलेे नेतृत्व परिर्वतन माग्दा देउवाले भने-म थाकेकै छैन

२९ भदौ, काठमाडौं । नेेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले घुमाउरो शैलीमा पार्टी नेतृत्व छाड्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । तर, देउवाले उनको आग्रहलाई ठाडै अस्वीकार गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस महामन्त्री कोइरालाले गुट उपगुट अन्त्य हुनुपर्ने बताए । आगामी चुनावमा पार्टीलाई विजयी गराउन कांग्रेस नेताहरु एक हुनुपर्ने उनले बताए । उनले भने, ‘पार्टी एक बनाउन महामन्त्रीका हैसियतले मैले जेजे गर्नुपर्ने हो, भन्नुपर्ने हो म तयार छु ।’

कर्‍याङकुरुङ चराको कथा सुनाउँदै उनले एकवद्ध भएर १० हजार किलोमिटर उडेर आउने बताए । कांग्रेस पनि एकतावद्ध भएर उड्नुपर्ने भन्दै कोइरालाले भने, ‘जुन हाँसले नेतृत्व गरेको हुन्छ, त्यसका लागि शतप्रतिशत भार बोक्नुपर्छ ।’

‘१० हजार किलोमिटर एउटै नेतृत्वमा जाँदैन । नेतृत्व परिर्वतन गरिरहेको हुन्छ । थाक्छ, पछाडि जान्छ’ भन्दै उनले घुमाउरो शैलीमा सभापतिलाई नेतृत्व छाड्न आग्रह गरेका उनले हाँस्दै भने, ‘मैले भन्नुपर्ने कुरा तपाईहरुले बुझिसक्नुभएको छ ।’

तर, सभापति देउवाले त्यही मञ्चबाट नेतृत्व छाड्ने प्रस्ताव ठाडै अस्वीकार गरेका छन् । ‘म थाकेकै छैन कहाँ पालोपालो गर्नू’ देउवाले भने, ‘कर्‍याङकुरुङ थाकेको होला, म थाकेको छैन ।’ देउवाले यसो भन्दा सहभागीहरुमाझ हाँसोको फोहोरा छुट्यो ।

देउवाले पार्टीमा अन्तरघातीलाई कारबाही गर्नुपर्ने बताए । कांग्रेसलाई कांग्रेसले नै हराएको भन्दै भने, ‘अनुशासन समिति बनाउँ भन्दा समस्या हुन्छ । अनुशासन नभई पार्टी चल्छ ? त्यसैले बदमासी गर्नेहरुलाई कारबाही गरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

18%

खुसी

8%

दुःखी

10%

अचम्मित

5%

उत्साहित

60%

आक्रोशित

ट्रेन्डिङ

Advertisment