३० भदौ, बाग्लुङ । बाग्लुङ र गुल्मीको सिमानामा रहेको बडीगाड खोला पहिरोले थुनिएपछि स्थानीयबासी त्रसित भएका छन् ।
ढोरपाटन नगरपालिका र बडीगाडको सीमानामा पर्ने खोला गएराति साढे ११ बजेदेखि थुनिएको हो । कुनै पनि बेला बाँध फुट्ने र विपत्ती आउनसक्ने भन्दै सीमा क्षेत्रका बाग्लुङ र गुल्मीका बासिन्दा रातभर जाग्राम बसेका छन् ।
बाग्लुङका एसपी दीपक रेग्मीले खोला किनारका बस्तीलाई सतर्क रहन भनिएको बताए । खोला किनारका सिमलचौर, भिङ्गगिठी, खर्बाङ्ग, मजुवा, खारा, चोरकाटे, खैरेनी र रिडी बजारसम्म जोखिम पर्नसक्ने स्थानीयको भनाइ छ ।
खोला थुनिएर झण्डै दुई किलोमिटर लामो ताल बनेको छ । पहिरोले बाग्लुङको ढोरपाटन २ सिमलचौरका ४ घर डुबानमा परेका छन् ।
यो पनि पढ्नुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4