Comments Add Comment

जयगोविन्द साहको जीवनी सार्वजनिक

काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज सिराहाका स्व. जयगोविन्द साहको संघर्षशील जीवनका बारेमा नयाँ पुस्तक बजारमा आएको छ । ‘जयगोविन्द साहः एक संघर्षशील व्यक्तित्व’ नामक पुस्तक १०१ वर्षीय किसान नेता जनक यादवले शुक्रबार काठमाडौंमा विमोचन गरे ।

पुस्तक विमोचन कार्यक्रममा वामपन्थी नेता विष्णुवहादुर मानन्धर, अमिक शेरचन, लीलामणि पोखरेल, कमल कोइराला, श्याम श्रेष्ठ लगायतको उपस्थिति थियो ।

कार्यक्रममा नेकपाका नेता विश्वनाथ साह, रामकुमार यादव, नयाँ शक्ति पार्टीका रामरिझन यादव र साहित्यकार प्रदीप बम्जनसमेत सहभागी थिए ।

कार्यक्रममा नेपाली कम्युनिष्ट आन्दोलनका बरिष्ठ नेता मोहनविक्रम सिंह उपस्थित भए पनि मञ्चमा उक्लेनन् । सिंहले कुनै मन्तव्य पनि राखेनन् । पुस्तकको भूमिका चाँहि मोहनविक्रमले नै लेखेका छन् ।

साह निर्मल लामाको नेतृत्वमा रहेको नेकपा (चौम) का संस्थापक थिए । कम्युनिष्ट नेता साहले विद्यालयमा अध्ययन नगरे पनि उनी तीक्ष्ण बुद्धीका विद्रोही थिए ।

साहको ०४६ साल पुस २५ गते भारत प्रवासमा रहँदा असामयिक निधन थियो । तत्कालीन पञ्चायती निरंकुश व्यवस्थाले नेपालमा उनको शवसमेत ल्याउन दिएन ।

डीआर पोखरेलद्वारा लेखिएको साहको जीवनीमा आधारित पुस्तकमाथि बाम वुद्धिजीवी श्याम श्रेष्ठले आलोचनात्मक टिप्पणी गरे ।

गिरिराजमणि असन्तुष्ट ?

पूर्वचौम समूहका नेता भएकाले साहको पुस्तकमाथि शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई भूमिका लेख्न भनिएको थियो, तर उनले लेखेनन् ।

लेखकले दिएको जानकारी अनुसार भूमिका लेख्न शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई अनुरोध गरिएको थियो तर ६ महिनासम्म नलेखेपछि बाध्य भएर मोहनविक्रम सिंहबाट लेखाउनु परेको हो ।

तर, उक्त पुस्तकको लेखकीय अधिकार मन्त्री पोखरेलले बर्दिवासमा स्थापना गरेको जयगोविन्द अध्ययन केन्द्रलाई दिनुपर्ने जिकिर गरेपछि लेखकले त्यसमा असहमति जनाएर छुट्टै रुपमा पुस्तक प्रकाशन गरेको जनाएका छन् । र, यही असन्तुष्टिका कारण मन्त्री पोखरेल कार्यक्रममा निम्त्याए पनि नआएको आयोजकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment