Comments Add Comment

मोइन अलीको दाबीः विपक्षीले मलाई ‘ओसामा भने

काठमाडौं । इंग्ल्याण्ड क्रिकेटका अलराउण्डर मोइन अलीले २०१५ को एसेजका क्रममा विपक्षी खेलाडीले आफूलाई ‘ओसामा’ भनेको दाबी गरेका छन् ।

छिट्टै सार्वजनिक हुने ‘आत्मकथा’मा उनले अष्ट्रेलियन टिमका एक सदस्यले आफूतर्फ फर्किएर ‘ओसामा, त्यो लग’ भनेको बताएका छन् ।

खेलाडीको नाम भने उल्लेख नभएको बीबीसीले जनाएको छ ।

अष्ट्रेलिया क्रिकेटले यसबारे छानविन थालेको छ । प्रवक्ताले यस्तो भाषाले खेलकुद वा समग्र समाजमा स्थान पाउन नहुने बताए । अलीको दाबीबारे विस्तृत जानकारी चाहिएको भन्दै उनले भने, ‘इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डसँग छलफल गर्छौं ।’

द टाइम्स पत्रिकाले त्रिकेटर अलीको किताबको अंश उद्धृत गर्दै लेखेको छ, ‘मैले जे सुनेँ, आफैंलाई पत्यार लागेन । मलाई सम्झना छ, म रातोपिरो भएँ । क्रिकेट मैदानमा म कहिल्यै त्यसरी रिसाएको थिइनँ ।’

अष्ट्रेलियन खेलाडीले भने यो टिप्पणी अस्वीकार गरेको पनि किताबमा उल्लेख छ । उनका अनुसार अष्ट्रेलियाका प्रशिक्षकले समेत ती खेलाडीले ‘मोइनलाई तिमीले ओसामा भनेको हो ? भनेर सोधेका थिए ।

यो घटना आफूले केही टिममेटलाई सुनाएको पनि उनले उल्लेख गरेका छन् ।

यो घटना एसेजको पहिलो टेष्टकै क्रममा भएको हो । यो सिरिज इंग्ल्याण्डमा भएको थियो र ३-२ ले एसेज सिरिज जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment