Comments Add Comment

माल्दिभ्सले जित्यो साफ च्याम्पियनसिपको उपाधि

३० भदौ, काठमाडौं । सात पटकको विजेता भारतलाई हराउँदै माल्दिभ्सले साफ च्याम्पियनसिपको उपाधि जितेको छ ।

शनिबार भएको फाइनलमा भारतलाई २-१ गोल अन्तरले हराउँदै माल्दिभ्सले समूह चरणमा व्यहोरेको हारको बदला मात्र लिएन, उपाधि पनि उचालेको छ ।

माल्दिभ्स समूह चरणमा एउटा पनि जित निकाल्न नसकेको टिम हो । तर, सेमिफाइनलमा नेपाललाई ३-० ले हराएको उनले भारतलाई पनि पन्छाउँदै उपाधि उचाल्यो ।

ढाकास्थित बंगबन्धु अन्तराष्ट्रिय रंगशालामा भएको खेलमा माल्दिभ्सले १९ औं मिनेटमा नै इब्राहिम महुयीको गोलबाट सुरुवाति अग्रता लिएको थियो ।

खेलको ६६ औं मिनेटमा अली फासिरले गोल गर्दै अग्रता दोब्बर पारे । खेलको इन्जुरी टाइममा भारतका सुमित पासीले गोल गरेपनि उपाधि रक्षा गर्न पयाप्त रहेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment