Comments Add Comment

सोनम कपुरले खोलिन् बेडरुम सेक्रेटः अश्लिल गफ गर्न मन पर्छ

बलिउड अभिनेत्री सोनम कपुर आफ्नो मनको कुरा खुलेर भन्न हिच्किचाउँदिनन् । हालै एउटा च्याट शोमा प्रस्तुत भएकी उनले आफ्नो बेडरुमका सेक्रेटहरुसमेत खुलासा गरिदिइन् ।

सोनमका अनुसार उनलाई बत्ति निभाएर सुत्न मन पर्दैन । ‘हामी जे गर्छौं, बत्ति बालेरै गर्छौं,’ उनले भनिन् । बत्ति निभाउँदा आफूलाई सकस हुने उनको भनाई छ ।

उनलाई फोर प्ले (सेक्स अगाडिको यौनजन्य क्रियाकलाप) को विषयमा पनि प्रश्न गरियो । सोनमले आफूलाई फोर प्लेभन्दा डर्टी टक (अश्लिल गफ) मन पर्ने बताइन् ।

उनले भनिन्, ‘फोर प्लेमा जति रोमाञ्चित हुन्छु, त्यो भन्दा कयौं गुणा बेसी रोमाञ्चित फोहोरी कुरा गर्दा हुन्छु ।’ साथै उनले आफूलाई ह्यान्ड जब (हात र औंलाले गर्ने मैथुन) पटक्कै मन नपर्ने पनि बताइन् ।

च्याट शोमा सोनमले अर्को रोचक कुरा पनि खुलासा गरिन् । उनको भनाई अनुसार आनन्द आहुजाले सुरुमा आफ्नो साथीसँग सोनमको सेटिङ मिलाइदिन खोजेका थिए । तर, अन्ततः आफैं सोनमको प्रेममा डुबे ।

‘उनले मलाई दुवै घुँडा टेकेर प्रेम प्रस्ताव राखे,’ सोनमले भनिन्, ‘मैले अस्वीकार गर्नै सकिनँ ।’ व्यापारी आनन्द आहुजा र सोनमले यसै वर्षको ८ मेमा विवाह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment