Comments Add Comment

कर्मचारी सञ्चयकोष पूँजी बजारको प्रमुख खेलाडी बन्नुपर्छः अर्थमन्त्री

३१ भदौ, काठमाडौं । कर्मचारी सञ्चयकोषले आफ्नो स्थापनाको ५७औं वाषिर्कोत्सव कार्यक्रम मनाएको छ ।  कोषद्वारा आईतबार आयोजित वाषिर्कोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारी सञ्चयकोष सामाजिक सुरक्षण कोष समेत रहेका कारण सामाजिक सुरक्षाका कार्यक्रमलाई नयाँ ढंगले अगाडि बढाउनुपर्ने बताए ।

उनले कोषमा रहेको लगानी योग्य रकमलाई एक वर्षभन्दा वढी अवधिको निक्षेपमा लगानी गरी पूँजी बजारको प्रमुख खेलाडीको रुपमा रहनु पर्ने बताए । उनले नेपाल सरकारको नीति अनुसार कर्मचारी आवासको लागि काम गर्न कोषलाई आग्रह गरे ।

यसैगरी सोही कार्यक्रममा बोल्दै नेपाल सरकारका राजश्व सचिव तथा कोष सञ्चालक समितिका अध्यक्ष शिशिर कुमार ढुंगानाले कोषलाई सुदृढ सामाजिक सुरक्षण संयन्त्रको रुपमा विकास गर्दै लैजाने नीति रहेको बताए । उनले कोषमा रहेको रकमको दीर्घकालीन ब्यवस्थापन गर्न स्रोत ब्यवस्थापन र लगानी विविधीकरणमा सुधार गर्नुपर्ने बताए ।

उनले कोषले जहिले पनि सञ्चयकर्ताहरुको बृहत्तर हितलाई हेरेरमात्र निर्णय गर्नुपर्ने बताए । सोहि कार्यक्रममा बोल्दै कोषका प्रशासक तुलसीप्रसाद गौतमले नेपाल सरकारले अघि सारेको एकिकृत सामाजिक सुरक्षाको अवधारणालाई सार्थक तुल्याउन कर्मचारी सञ्चयकोषलाई प्राप्त हुने भुमिका र जिम्बेवारी निर्वाह गर्न कोष प्रतिबद्ध रहेको बताए ।

उनले कोष सदैव सञ्चयकर्ताको हित र सन्तुष्टिप्रति क्रियाशील रहिरहने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा कोषमा २५ वर्ष र १५ वर्ष सेवा गर्ने ३ जना कर्मचारीलाई दिर्घसेवा पदकबाट सम्मान गरिएको थियो भने एसइइ परिक्षामा उत्कृष्ठ अंक ल्याउने कर्मचारीका सन्ततिलाई पुरस्कृत गरिएको थियो ।

कर्मचारी सञ्चयकोष ऐन २०१९ अनुसार वि.सं. २०१९ भदौ ३१ गते स्थापना भएको कर्मचारी सञ्चयकोषमा हाल ६ लाख सञ्चयकर्ताहरुको करिव ३ सय अर्व बरावरको वित्तिय स्रोत छ ।

उक्त रकमबाट कोषले सञ्चयकर्ताको सामाजिक आवश्यकता पूर्ति गर्नको लागि विभिन्न सापटी सुविधाहरु प्रदान गरिरहेको छ भने मुनाफा रकमबाट कोष खडा गरी विभिन्न किसिमका सामाजिक सुरक्षणका सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

यसैगरी कोषले मुलुकको पूर्वाधार विकासको लागि विभिन्न जलविद्युत कम्पनीहरु माथिल्लो तामाकोशी, चिलिमे जलविद्युत कम्पनीद्धारा प्रबर्धित विभिन्न जलविद्युत आयोजनामा ऋण लगानी गरिरहेको छ भने नेपाल वायु सेवा निगमलाई विमान खरिद गर्न ऋण लगानी गरेको छ ।

यस्तै कोषले सञ्चयकर्ताको बहुमत शेयर स्वामित्व रहने गरी ६८८ मेगावाटको बेतन कणर्ाली जलविद्युत आयोजना निर्माणको प्रारम्भिक प्रकृयाको शुरुवात गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment