
फाइल तस्वीर
७ असोज, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल र अर्थ मन्त्रालयको गुनासो मेल बक्समा ६ घण्टाकै अवधिमा १ सय ६६ वटा गुनासोयुक्त इमेल आएका छन् ।
अर्थ मन्त्रालयसँग सम्बन्धित कुनै गुनासो भए वा कर्मचारीले घुस मागेमा सिधै इमेल गर्न सकिने सूचना सोमबार सार्वजनिक भएको थियो ।
त्यसको ६ घण्टामा १६६ इमेल आएको अर्थमन्त्री खनालले जानकारी दिए ।
उनका अनुसार २ दर्जन इमेलको अर्थमन्त्रीले जवाफ समेत दिइसकेका छन् । ती मध्ये धेरैमा कारबाही समेत गरिसकिएको उनले जानकारी दिए ।
बाँकीको यथाशीघ्र जवाफ दिइने उनले बताएका छन् । यससँगै अब आफ्नो व्यक्तिगत समस्याहरूको समाधान खोज्न सिंहदरबार धाउनु पर्ने बाध्यता समेत हट्ने अर्थमन्त्री खनालको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4