काठमाडौं । क्रिष्टियानो रोनाल्डोको दुई गोलसँगै इटालियन च्याम्पियन युभेन्टसले सिरी एमा विजयी यात्रा कायमै राखेको छ ।
आइतबार राति भएको खेलमा इन्जुरी टाइममा १० खेलाडीमा समेटिएको युभेन्टसले सासलोलाई २-१ गोल अन्तरले हराएको हो ।
युभेन्टसको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफको ५० औं मिनेटमा रोनाल्डोले गोल गरे । उनले ६५ औं मिनेटमा व्यत्तिगत दोस्रो गोल गरे ।
रियल मड्रिडबाट इटालियन क्लब गएका उनले सुरुवाति तीन खेलमा गोल गर्न सकेका थिएनन् ।
इन्जुरी टाइममा खोमा बाबाकरले सासलोका लागि सान्त्वना गोल गरे । खेल सकिन एक मिनेट बाँकी छँदा डुल्गास कोस्टाले रातो कार्ड पाए र युभेन्टसले १० खेलाडीका साथ खेल अन्त्य गर्यो ।
प्रतिक्रिया 4