Comments Add Comment

प्रत्येक स्थानीय तहमा प्राबिधिक शिक्षाः मुख्यमन्त्री पौडेल

१ असोज, हेटौंडा । विद्यालयहरुमा अहिलेसम्म पढाइँदै आएको शिक्षाले शैक्षिक बेरोजगारको संख्या बढाएको भन्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्राबिधिक शिक्षा अहिलेको लागि अपरिहार्य भएको बताएका छन् ।

शैक्षिक प्रमाणपत्र बोकेर धेरै युवा रोजगारीका लागि देशमा भौतारिने र केहि नलागेपछि विदेश जाने प्रचलनलाई रोक्नका लागि अब प्राबिधिक शिक्षामा जोड दिनुपर्ने उनले बताए ।

देशमा युवाहरुमा आएको निरासालाई चिर्नका लागि अब प्राबिधिक शिक्षाको कुनै बिकल्प नरहेको भन्र्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकार प्रत्यक स्थानीय तहमा प्राबिधिक शिक्षा पुर्‍याउने अभियानमा रहेको उनको भनाइ छ । ‘३ नम्बर प्रदेशमा रहेको १ सय १९ वटै स्थानीय तहमा प्रबिधिक शिक्षा अध्यापनको लागि योजना बनाइसकिएको छ,’ मुख्यमन्त्री पौडेलले भने ।

मकवानपुरको पुरानो सदरमुकाम भिमफेदीमा रहेको देशकै पुरानो विद्यालयको बस ओभरसियर र डिप्लोमा कक्षा सञ्चालनको लागि सुरु भएको श्रीमदभागबत ज्ञान महायज्ञको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले शिक्षाको लागि सबैले सहयोग गर्न आव्हानसमेत गरेका छन् ।

२००४ सालमा तत्कालीन चन्द्रशम्सेरको पालामा स्थापना भएको महेन्द्र माध्यामिक बिद्यालयमा यसै शैक्षिक सत्रबाट सब ओभरसियर कक्षा सञ्चालन गरिएको छ भने डिप्लोमाका लागि ठूलो मात्रामा रकम आवश्यक भएकाले महायज्ञबाट रकम संकलन गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम लामाले बताए ।

७१ बर्ष पुरानो विद्यालय २०७२ सालको भूकम्पले पूर्णरुपमा ध्वस्त भएपछि जाइकाको सहयोगमा ३ करोढ ९५ लाख रुपियाँको लागतमा निर्माण भएको भवन उद्घाटन पुर्व यज्ञ लगाइएको हो ।

दुई व्लकमा निर्माण भएको अत्याधुनीक बिद्यालयमा १८ कोठा रहेका छन् भने बिद्यालयमा ५ सय ५० जना विद्यार्थी अध्ययनरत रहेको व्यवस्थापन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment