Comments Add Comment

कोस्टाले विपक्षी खेलाडीको मुखमै थुके

काठमाडौं । क्रिष्टियानो रोनाल्डोको दुई गोलसँगै युभेन्टसले सासलोलाई हराएको म्याचमा उनका टिममेट डुल्गास कोस्टाले भने रातो कार्ड खाए । कोस्टाले विपक्षी खेलाडीलाई चरम दुव्र्यवहार गरेका थिए ।

खेल सकिन एक मिनेट बाँकी छँदा उनले विपक्षी खेलाडी फेडरिको डि फ्रान्सेस्कोमाथि कुहिनाले र टाउकाले प्रहार गरे । त्यसपछि रेफ्रीले उनलाई पहेँलो कार्ड दिए ।

तर, भिडियो रिभ्यूमा देखियो कि उनले फ्रान्सेसकोको मुखमा थुकेका पनि रहेछन् ।, त्यसपछि उनी रेड कार्ड खाएर मैदान छाड्न वाध्य भए ।

अब उनीमाथि कम्तिमा तीन खेलको प्रतिबन्ध लाग्नसक्छ । यसो भएमा उनले सेप्टेम्बर २९ मा हुने चिरप्रतिद्वन्द्वी नोपोलीसँगको खेल पनि गुमाउनेछन् ।

युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीले कोष्टाको व्यवहार अस्वीकार्य भएको बताएका छन् । ‘फउल गर्दा उनलाई रिस उठाइएको हुनसक्छ तर, यसको कुनै अर्थ छैन । किनकी (कोष्टाको व्यवहार) यो कुनै हालतमा हुनु हुने थिएन ।’

खेलपछि कोस्टाले इन्स्टाग्राममा माफी मागेका छन् । उनले उक्त घटनाले आफ्नो फुटबल करिअरलाई प्रतिबिम्बित नगर्ने भन्दै पोर्चुगिज र इटालियन भाषामा समर्थकहरुसँग माफी मागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment