Comments Add Comment

चितवनमा एक महिनामा ३१ दुर्घटना, १५ को मृत्यु, ९१ घाइते

१, असोज, चितवन । राजमार्गको लामोखण्ड, साँघुरो सडक र अत्याधिक सवारी चापका कारणले चितवनमा सवारी दुर्घटनाका घटना बढ्दै गएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भदौ महिनामा भएका ३१ वटा सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएको छ भने ९१ जना घाइते भएका छन् ।

सवारी क्षतीको संख्या ३१ छ । भदौमा भएका सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या १५ जना मध्ये ७ जनाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो । जसमा ६ जना मोटरसाइकल चालक र एकजना पछाडि बस्ने व्यक्ति छन् । दुर्घटनामा मृत्यु हुनेहरुमा १८ देखि ४० वर्षका युवाहरु छन् ।

गत साउन महिनामा कुल २१ जनाको दुर्घटनामा मृत्यु भएकोमा मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेहरुको संख्या जम्मा तीन रहेको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक बेदप्रसाद गौतमले अत्याधिक गति र जहाँपनि सजिलै लैजान खोज्दा मोटरसाइकल दुर्घटना बढी भएको बताए ।

भदौ महिनामा तीन हजार सात सय सवारीलाई काररबाही गरिएको छ । मादक पदार्थ सेवन गरेर सवारी चलाउने ७२ जना प्रहरीको फन्दामा परेका छन् ।उनीहरुबाट २६ लाख ६६ हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

ट्राफिक प्रहरीले विभिन्न संघसंस्थासँग मिलेर जनचेतनामूलक कार्यक्रमहरु पनि भदौं महिनामा सञ्चालन गरेको कार्यालयका प्रमुख गौत्तमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment