Comments Add Comment

नारायणगढमा १४ करोडको लगानीमा तयार भयो तरकारी बजार

१, असोज, चितवन । नारायणगढमा व्यापारीहरुले निर्माण गरेको तरकारी बजार सोमबारदेखि सञ्चालनमा आएको छ ।

बर्षौदेखि लायन्सचोकमा तरकारी तथा फलफूलको ब्यापार गर्ने व्यापारीहरु बाजा गाजा बजाउँदै त्यहाँबाट बिदा भएर भरतपुर महानगरपालिका २ क्षेत्रपुरमा बनेको नयाँ तरकारी बजारमा सरेका छन् ।

यसअघिको तरकारी बजार साँघुरो र अव्यवस्थित भएपछि व्यवसायीहरुले १४ करोड लगानीमा नयाँ बजार बनाएका हुन् । नयाँ तरकारी बजार निर्माणका लागि प्रत्येक व्यवसायीबाट सेयरमार्फत १० लाख रुपैयाँ लिइएको थियो ।

भरतपुर महानगरपालिकाले लायन्चोकको फलफूल तथा तरकारी थोक बजार हटाउने भएपछि व्यवसायीले आˆनै पहलमा नयाँ तरकारी बजार निर्माण गरेका हुन् । व्यवसायीले कृषि प्रवर्द्धन बजार विकास प्रालि कम्पनी गठन गरेर सेयरमार्फत रकम संकलन गरी तीन विघा जग्गामा बजार निर्माण गरेका छन् ।

लायन्चोकको तरकारी बजार साँघुरो र जोखिमपूर्ण भएकाले अर्को फराकिलो बजार निर्माण गरिएको प्रालिका अध्यक्ष शालिकराम घिमिरेले जानकारी दिए । तरकारी बजारभित्र सडक कालोपत्रे बाहेकका सबै काम सकिएको छ ।

‘लायन्सचोक साँघुरो थियो, पार्किङ र फोहरको व्यवस्थापन गर्न पनि असहज थियो’, अध्यक्ष घिमिरेले भने ‘तर यहाँ सबै सुविधा छ, तरकारी तथा फलफूलको दररेट राखिएको डिजिटल डिस्प्ले र सूचना पार्टी सबै हुन्छ ।’

तरकारी बजारमा दुई रेष्टुरेण्ट, शौचालय, तथा खानेपानीको समेत व्यवस्था छ । किसानले आˆनो उत्पादन बजारमा लगेर सिधै उपभोक्तालाई बिक्री गर्न पाउनेछन् । किसानका लागी १४ वटा सटर निशुल्क उपलब्ध गराइने अध्यक्ष घिमिरेले बताए ।

लायन्सचोकको तरकारी बजारमा १६४ वटा सटर रहेको थियो भने नयाँ बनेको तरकारी बजारमा २१७ वटा स्टल छन् । व्यवसायिक प्रयोजनका २८, थोकका लागि १३७, खुऽा व्यवसायका लागि ३८ र किसानका लागि १४ वटा सटर रहने छन् ।

२०५० सालदेखि सञ्चालनमा आएको लायन्सचोकको थोकबजारमा दैनिक १ करोड बराबरको फलफूल तथा तरकारीको कारोबार हुँदै आएको छ । नयाँ बजारमा दैनिक २ करोडको कारोबार हुने अपेक्षा व्यवसायीको छ । साँघुरो स्थानमा रहेको लायन्सचोकको थोकबजारमा किसानले कृषिउपज थोरै मात्र ल्याउने गरेका थिए ।

१६ जिल्लाबाट चितवनमा तरकारी आउने र ती तरकारी काठमाडौंसहित, गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, धादिङ, कास्की, रुपन्देहीलगायतका जिल्ला बिक्रीका लागी लैजाने गरिएको छ । लायन्सचोकमा खाली भएको तरकारी बजारमा भरतपुर महानगरपालिकाले बहुतले बहुउद्देश्यीय भवन निर्माण गर्ने योजना बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment