0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

नवलपरासीमा स्कुटर ठोक्किए, १ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २ गते ८:३८

२ असोज, नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा गएराति दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ ।

गैंडाकोट–२ भृकुटी चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १८प १२४६ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको ना४१प २६७५ नं को स्कुटर एकापसमा ठोक्किँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी ना४१प २६७५ नं को स्कुटर चालक चितवन गुञ्जनगर–४ का २६ वर्षीया अनिसा रानामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते रानाको उपचारको क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो ।

गत भदौ २९ गतेदेखि बेपत्ता पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–७ का ४० वर्षीया धर्वेन्द्रप्रसाद गुप्ता सोमबार मृत फेला परेका छन् । उनी नारायणी नदी किनारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव परीक्षणका लागि चोरमारा स्वाथ्यचौकीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?