अटोइम्यून डिजिज आजकल प्रकोपको रुपमा फैलिएको छ । एक तथ्यांक अनुसार अमेरिकामा मात्र अटोइम्यून रोगबाट प्रभावितको संख्या झण्डै ५० लाख भन्दा बढी छ । अटो इम्युन डिजिज भएमा यसले जोर्नी, टिस्यू, नशा, लगायतका शरीरका विभिन्न अंगलाई प्रभावित पार्छ ।
के हो अटो इम्युन डिजिज ?
नाम फरक भएपनि विश्वमा ८० भन्दा बढी प्रकारका अटोइम्यून डिजिज छन् । अटो इम्यून डिजिज भएमा यसले कयौ किसिमका रोग निम्त्याउने गर्छ । र, शरीरका विभिन्न अंगलाई प्रभावित पार्ने गर्छ । यो रोग लागेमा शरीरको प्रतिरक्षा प्रणाली कमजोर भई शरीरको प्रतिरोध प्रणालीले रोगको संक्रमण विरुद्ध लडनुको सट्टा शरीर विरुद्ध नै हमला गर्न थाल्छ । तर अटो इम्युन डिजिज भएमा शरीरको प्रतिरक्षा प्रणाली नै कमजोर हुने गर्दछ ।
यो समस्या विशेषगरी त्यतिबेला हुन्छ, जब शरीरमा मौजुद विषाक्त पदार्थ, संक्रमण तथा खानामा पाइने विशाक्तलाई हटाउनका लागि प्रतिरोधी क्षमताले संघर्ष गर्न थाल्छ । यो रोग लागेमा शररिको टिस्यूले नै शरीरलाई कमजोर तथा रोगी बनाउने गर्दछ ।
अटो इम्युन डिजिजले के के लाई प्रभावित पार्छ ?
अटो इम्यून डिजिज भएमा लुपस, सोरायोसिस, ह्युमेटिक आर्थराइटिस (बाथ रोग), मल्टीपल सेलेरोसिस, थाइराइडको समस्या, टाइप १ डायविटिज लगायतको समस्या निम्तन सक्दछ ।
अमेरिकाको कुल जनसंख्याको करिब सात प्रतिशत जनसंख्या कुनै न कुनै प्रकारको अटो इम्यून डिजिजबाट ग्रसित छ । अटो इम्यून डिजिजको समस्या युवावस्थामा सुरु हुन्छ । यो समस्या पुरुषको तुलनामा महिलामा धेरै हुने गर्छ ।
अटो इम्युन डिजिज भएमा यस्ता लक्षण देखिने गर्छ ।
अटो इम्युन डिजिजका लक्षण
-जोर्नी दुख्ने
-मांसपेशी दुख्ने तथा बौडिने
-मांसपेशी कमजोर हुने
-तौल कम हुने
-अनिद्राको समस्या
-मुटुको धडकन अनियन्त्रित हुने
-छाला रुखो तथा सुख्खा हुने
-एकाग्रतामा समस्या
-थकान महसुस हुने
-कपाल झर्ने
-पेट दुख्ने
-मुखमा छाला पर्ने
-हात तथा खुट्टा झमझमाउने, सुन्निने
-रगत चक्का पर्नु
अटो इम्यून डिजिज भएकाले कस्तो आहार लिने ?
शरीरको विभिन्न भाग सुन्निनु नै अटो इम्यून डिस्अर्डरको प्रमुख लक्षण हो । शरीरमा आवश्यकता भन्दा बढी मात्रामा साइटोकाइन्स नामक तत्वको उत्पादन भएमा शरीरको टिस्यू सुन्निने गर्छ । बाथ रोग यसको सबैभन्दा प्रभावकारी उदाहरण हो ।
जोर्नीमा साइटोकाइन्सको उत्पादन धेरै भएमा जोर्नी दुख्ने तथा सुन्निने गर्दछ । यसको न्युनीकरणका लागि खानपानमा विशेष सजगता अपनाउन जरुरी छ । अटो इम्यून डिजिज भएकाले कस्तो खानेकुराबाट खानबाट बच्ने ?
तारेको खानेकुरा
तारेको खानेकुरा स्वास्थको लागि निकै हानीकारक छ । यस्ता खानेकुरा ३५० देखि ३७५ डिग्रीमा पाक्ने गर्छ । जसले आर्काइलेमाइड नामक न्युरोटक्सिन तत्वको उत्पादन गर्छ । टक्सिकोलोजोनी नामक जर्नलमा प्रकाशित एक अध्ययन अनुसार यस्ता तत्वको सेवनले अक्सिडेटिभ स्ट्रेस निम्त्याउने गर्छ, जसका कारण शरीरका कोशिका सुन्निएर शरीरका अंगहरुमा क्षति पुर्याउने गर्छ ।
रिफाइन्ड कार्बोहाइड्रेट्स
मैदालाई रिफाइन्ड कार्बोहाइड्रेट्स पनि भन्ने गरिन्छ । रिफाइन्ड कार्बोहाइड्रेट्स छिटो पचेर रगतमा ग्लूकोजको मात्रा बढाउने गर्छ । र, रगतमा ग्लूकोजको मात्रा धेरै भएमा शरीरका विभिन्न भाग सुन्निने गर्छ । परिणामस्रुप, हात खुट्टा सुन्निने, जोर्नी दुख्ने, मांसपेशीमा ऐठन लगायतका समस्या निम्तने गर्छ, जुन अटो इम्युन डिजिजमा सामान्य हो ।
ट्रान्स फ्याट
कुकिज, क्राकर, चिप्स, फास्ट फुडमा प्रशस्त मात्रामा ट्रान्स फ्याट पाइन्छ । यस्ता खानेकुराको सेवनले शरीर फुल्ने तथा सुन्निने गर्दछ ।
मदिरा
एक वा दुई गिलास मदिरा स्वास्थ्यको लागि राम्रो मानिन्छ । तर आवश्यकता भन्दा बढी मात्रामा मदिराको सेवनले शरीर फुल्ने तथा सुन्निने गर्दछ । ग्यास्ट्रोइन्टरोलोजी नामक जर्नलमा प्रकाशित एक अध्ययन अनुसार ‘मदिरासित सम्बन्धि मेडिकल कन्डिसनका कारण क्रोनिक इन्फ्लामेसन हुने गर्छ । उक्त अध्ययनले जनाए अनुसार मदिरा माइक्रोफ्लोरा नामक व्याक्टेरियाको सम्पर्कमा आएमा जीउ सुन्निने गर्छ ।
भेजिटेबल आयल
मकै, क्यानोला, तिल, सन फ्लावर, सोयाविनयुक्त भेजिटेबल आयलमा पोली अनस्याचुरेटेड फ्याटी एसिड पाइन्छ, जसले अक्सिडेटिभ कोशिकालाई क्षति पुर्याउने गर्छ । भेजिटेबल आयलमा ओमेगा ६ फ्याटी एसिड प्रचुर मात्रामा हुन्छ, शरीर सुन्निएर सहनीय पिडा हुन्छ ।
प्रोसेस्ड मिट
उच्च तापक्रममा पकाइने सबै किसिमका मासु प्रोसेस्ड मिट अन्तर्गत पर्दछ । सबै किसिमका प्रोसेस्ड मिटमा उच्च स्तरीय ग्लाइकेशन इण्ड प्रोडक्टका साथै अन्य इन्फ्लामेन्टरी तत्व हुन्छ । विभिन्न प्रमाणले जनाए अनुसार यस्ता ग्लाइकेशन इण्ड प्रोडक्टले अल्जाइमर,मधुमेह, मुटु रोग , मिर्गौला फेल लगायतको समस्या निम्त्याउने गर्छ ।
कृतिम गुलियो
कृतिम रुपमा प्रयोग गरिएको गुलियो पदार्थ तथा कृतिम गुलियोले पनि स्वास्थ्यमा विभिन्न समस्या निम्त्याउने गरेको एक अध्ययनले जनाएको छ । एक जर्नलमा प्रकाशित अध्ययन अनुसार कतिम गुलियोले शरीरमा विभिन्न साइड इफेक्ट्स निम्त्याउने गर्छ । उदाहरणको लागि कोशिकामा क्षति, कोशिकाको कार्यमा असर पुर्याउने, सिस्टमेटिक इन्फ्लामेशन।
प्रतिक्रिया 4