+
+
Shares

हेमन्तको गीतमा सुनिल, एलिसा, सारा र अलिसा

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ३ गते १२:११

आधुनिक गायन क्षेत्रमा चर्चित मानिएका गायक हेमन्त शर्माको आवाजमा समावेश ‘बरिखा’ बोलको गीतको म्यूजिक भिडियो रिलिज भएको छ ।

विशेषगरि, नेपाली शैलीको गीत गाउन माहिर मानिएका हेमन्तले यसपटक पनि आफ्नो शैलीलाई छाडेका छैनन् । यो गीतमा हेमन्त शर्माकै शब्द तथा संगीत छ । गीतको भिडियोलाई राहुल शाहले निर्देशन गरेका हुन् । पवन सुस्लिङको छायांकन रहेको यो भिडियोलाई रोचक शैलीमा तयार पारिएको छ ।

भिडियोमा मोडलहरु सारा सिर्पाली, एलिसा राई, अलिसा शर्मा, सुनिल क्षेत्री र भिमफेदी गाइजलाई फिचरिङ गरिएको छ । गीतको भिडियोमा एक पात्रले अर्को पात्रलाई मन पराएको कथा बुनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?