+
+
Shares

फस्टलुकमा यस्तो बन्यो ‘छक्का पन्जा ३’

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ३ गते १६:३६

दशैमा रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा ३’को फस्टलुक सार्वजनिक भएको छ । दिपाश्री निरौलाको निर्देशनमा तयार भएको यो सिनेमाको फस्टलुकमा मुख्य कलाकारहरु दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, वुद्दि तामाङ र नायिका दीपिका प्रसाइलाई देख्न सकिन्छ । चलचित्रर्की अर्की कलाकार प्रियंका कार्कीले यसपटक पोष्टरमा स्थान पाएकी छैनन् ।

चलचित्रको फस्टलुकले पनि यसको कथावस्तु के हो भन्ने खुल्न सकेको छैन । निर्देशक निरौलाले चलचित्रको ट्रेलरले यसको कथावस्तु के हो भन्ने खुलाउने बताइन् । शनिबार बिहान चलचित्रको ट्रेलर सार्वजनिक हुँदैछ ।

चलचित्रमा समावेश ‘पहिलो नम्बरमा’ बोलको गीत हिट भैसकेको छ । यस्तै, दोश्रो गीत ‘पछि उमेर ढल्केला’ले पनि चर्चा पाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?