Comments Add Comment

शाहरुखकी छोरीको अमिताभका नातिसँग हिमचिम

बलिउडमा आउनुभन्दा अगाडि नै शाहरुख खानकी छोरी सुहाना मिडियामा छाइरहेकी छन् । भर्खर जवानीमा प्रवेश गरेकी उनको हरेक गतिविधिलाई भारतीय मिडियाले पछ्याइरहेका हुन्छन् । यसबीच सुहानाको एक युवकसँगको निकटताबारे ब्यापक चर्चा हुन थालेको छ । यी युवक अरु कोही नभएर अमिताभ बच्चनका नाति अगस्त्य नन्दा हुन् । उनी अमिताभकी छोरी श्वेता बच्चन नन्दाका जेठा छोरा हुन् ।

सुहाना मिडियामा छाइरहँदा अगस्त्य भने लाइमलाइटबाट परै छन् । उनी अहिले लन्डनको एक कलेजमा पढिरहेका छन् । सुहानासँग उनको दोस्ती कहिले र कसरी भयो भन्ने प्रष्ट भएको छैन, तर उनीहरु तस्वीरमा निकै निकट देखिन्छन् ।
हालै सुहानाले इन्टाग्राममा अगस्त्यसँगको तस्वीर पोष्ट गरेकी छन् । यो तस्वीरबाट फेरि एकपटक उनीहरुको सम्वन्धबारे विभिन्न अड्कल गर्न थालिएको छ । धेरैले उनीहरु प्रेममा रहेको आशंका पनि गरेका छन् । किनकी यसअगाडि पनि उनीहरु बारम्बार सँगै देखिएका थिए ।

शाहरुखका छोरा आर्यन र श्वेता बच्चन नन्दाकी छोरी नब्या नबेलीको मित्रताबारे पनि चर्चा हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment