Comments Add Comment

आर्यन र श्रृष्टीको ‘बाँध मायाले’ हलमा

अन्ततः नायिका श्रृष्टी श्रेष्ठ र नायक आर्यन अधिकारीको मुख्य भूमिका रहेको चलचित्र ‘बाँध मायाले’ आजबाट रिलिज भएको छ ।  सविर श्रेष्ठको निर्देशनमा तयार भएको यो लभस्टोरी चलचित्रले दर्शकको मन जित्ने विश्वास गरिएको छ । चलचित्रले सिंगल र मल्टिप्लेक्समा राम्रो कमाई गर्ने अपेक्षा यसको निर्मातालाई छ ।

सविर र श्रृष्टीसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

नायिका श्रृष्टी श्रेष्ठको क्रेज र आर्यन अधिकारीको अगाडि बढ्दै गरेको करिअरलाई जोगाउनका लागि पनि यो चलचित्र चल्न आवश्यक छ । चलचित्रको गीतसंगीत र ट्रेलरलाई दर्शकले राम्रो प्रतिक्रिया दिएकाले पनि दर्शकले चलचित्र मन पराउने अपेक्षा गरिएको छ । मल्टिप्लेक्समा चलचित्रले कम शो पाएको छ । हिन्दी र नेपाली चलचित्रसँग भिडन्त गर्नु परेकाले यसले कम शो पाएको हो ।

दुई अनाथ यूवायूवतीको कथामा यो चलचित्र बनेको छ । मायामा के सम्म हुन्छ र प्रेम भनेको के हो भन्ने चलचित्रले सिकाउने निर्देशक श्रेष्ठ बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment