+
+

रहस्यमयी हुन्छन् यी ५ राशिका मानिस 

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ७ गते ८:५४

केही मानिसलाई बुझ्न साँच्चिकै कठिन हुन्छ ।  यस्ता मानिस कतिपय अवस्थामा नसोचेको व्यवहार गरेर सबैलाई आश्चर्यचकित पार्छन् ।  यो मान्छेले अब के गर्छ भनेर कसैले अनुमान नै लगाउन सक्दैन।  तर ज्योतिष शास्त्रका माध्यमबाट त्यस्ता मानिसका विषयमा सजिलै  जानकारी लिन सकिन्छ अर्थात् उनीहरूलाई सहजै बुझ्न सकिन्छ।  जन्म समयमा पर्ने ग्रह नक्षत्रको स्थिति वा तिनको सीधा प्रभाव मानिसको विचारमा पर्छ ।  यसैको आधारमा यहाँ  त्यस्ता ५ रहस्यमयी राशिका मानिसका बारेमा बताउने प्रयास गरिएको छ ।

कन्या

कन्या राशिका मानिस मजाक गर्ने स्वभावका हुन्छन् ।  यिनीहरूलाई हँसीमजाक गर्न उल्कै मन लाग्छ।  यिनीहरू अरूमाथि त मजाक त गर्छन् नै आफूमाथि कसैले मजाक गरे त्यसलाई सहने क्षमता पनि राख्छन् ।  यिनीहरू बाहिरबाट हेर्दा निकै साधारण देखिन्छन् तर यिनीहरूको पर्सनालिटीको अर्को त्यस्तो पाटो पनि हुन्छ जुन हाम्रा सामु सहजै उजागर हुँदैन ।  यिनीहरू मनैदेखि साधारण रहन्छन् तर यिनीहरूभित्र केही मानिसका लागि विशेष  गहिरो भावना लुकेको हुन्छ जुन यिनीहरू कसैलाई बताउँदैनन् ।

वृश्चिक

यो राशिका मानिस सबैभन्दा बढी रहस्यमयी हुन्छन् ।  यिनीहरूको आँखाले एकथोक भन्छ तर मनमा अर्कै खिचडी पाकिरहेको हुन्छ।  यिनीहरू कुनै पनि कुरामा सूक्ष्म दृष्टि राखिरहेका हुन्छन् तर अगाडिका मानिसलाई त्यसको सुइँकोसम्म दिंदैनन् ।  यिनीहरू हेर्ने र बुझ्ने काम बढी गर्छन् तर आफ्नो कुरा हम्मेसी अरूका अघि खुलासा गर्दैनन् । एउटा अर्को पनि कुरा छ जसका कारण हामी यो राशिका मानिसलाई ठीकसँग बुझ्न सक्दैनौं त्यो के भने यिनीहरूमा नयाँ नयाँ कुराको  एक्सपेरिमेन्ट गर्ने बानी हुन्छ।

मकर

यो राशिका मानिसलाई सदैव सफलताको डरले सताइरहेको हुन्छ र यो नै यिनीहरू  रहस्यमयी हुनुको सबैभन्दा ठूलो कारण हो ।  यिनीहरू अब आफू के गर्दै छु भन्ने कुराका विषयमा कसैलाई बताउँदैनन् तथा शत्रुप्रति हरहमेशा सतर्क रहन्छन् ।  जब कि यिनीहरू अरूमाथि सजिलै भरोसा गर्छन् जुन यिनीहरू आफ्नो लागि घातक हुन्छ।  धेरै मानिस यिनीहरूलाई बुझ्नका लागि यिनीहरूको बारेमा सोचेर बस्छन् तर सच्चाइ अर्कै वा केही फरक हुने गर्छ।  कतिपय अवस्थामा पर्सनालिटीका कारण यिनीहरूलाई अरूले गलत रूपमा बुझ्छन् ।

कुम्भ

यो राशिका बढीजसो मानिस कम बोल्ने खालका हुन्छन् तर फेरि कतिपय चाहिँ अति नै बढी बोल्ने पनि हुन्छन्।  जे भए पनि यिनीहरूको रहस्यमयी पर्सनालिटी सहजै उजागर हुन्छ तर जब यिनीहरू भविष्यलाई लिएर केही कुरासँग  डराउन थाल्छन् त्यतिबेला यिनीहरू थप रहस्यमयी लाग्न थाल्छन्।  यद्यपि यस राशिका सबैजना यस्तो हुँदैनन्।

मीन

रहस्यमयी पर्सनालिटीका कारण यो राशिका मानिसलाई बुझ्न अति नै कठिन हुन्छ।  कतिपय अवस्थामा यिनीहरू आˆनो रुचि केमा छ भनेर ठीकसँग बुझ्न सक्दैनन् अनि कन्ˆयूज हुन्छन्।  यस्तो स्थितिमा अरूले झन् के बुझ्नू ? त्यसैले यिनीहरू रहस्यमयी लाग्छन्।  आफ्नो कुरा लुकाउने मामिलामा भने वृश्चिक राशिपछि मीन राशिका मानिस आउँछन् , यिनीहरू कुरा लुकाउन माहिर हुन्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?