Comments Add Comment

नेकपाले चौरपाटीको एकता टुंग्यायो, संयोजकको जिम्मा आउजीलाई

७ असोज, अछाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तल्ला कमिटीहरुको एकीकरण केन्द्रले टुंग्याउन नसकिरहेका बेला अछामको एक गाउँपालिकाले एकता टुंग्याएको छ ।

नेकपाको चौरपाटी गाउँपालिकाले ७ वटै वडाको नेतृत्व चयन गरेको हो ।

गाउँपालिका संयोजकमा रामबहादुर आउजीको संयोजकत्वमा ९ सदस्यीय कमिटी गठन गरेको छ । आउजी तत्कालीन एमालेका हुन् ।

वडा तहमा भने संयोजक र सचिवको भागबण्डा गरिएको छ । चौरपाटी गाउँपालिका वडा नम्बर १ र २ दुईको नेतृत्व तत्कालीन एमाले सम्बद्धले पाएका छन् भने वडा नम्बर ३ देखि ७ सम्मको नेतृत्व तत्कालीन एमाले आबद्धले पाएको संयोजक आउजीले जानकारी दिए ।

नेकपाका कार्यकर्ता तथा शुभेच्छुकहरुमा पछिल्लो गत्यावरोधले अन्योलता आएपछि जिम्मेवारी तोकिएको संयोजक आउजी बताउँछन् ।

भेलाले असोज १७ सम्म पार्टी शुद्धीकरणदेखि जनताका माग गाउँपालिका सरकारमा लैजानेसम्मका निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment