+
+

१० अर्ब ३३ करोडको ट्रेजरी बिलको बोलकबोल आज

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ७ गते ११:४८

७ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब ३३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीका लागि आज बोलकबोल गर्ने भएको छ । बोलकबोलका लागि राष्ट्र बैंकले आइतबार ३ बजेका लागि समय तोकेको छ ।

राष्ट्र बैंकले ९१ दिनका लागि ४ अर्ब ३ करोड रुपैयाँ, १ सय ८२ दिनका लागि ४ अर्ब ३० करोड रुपैयाँ र ३ सय ६४ दिनका लागि २ अर्ब रुपैयाँ गरी १० अर्ब ३३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

आज बोलकबोलका गरी आगामी मंगलबार खोलिने राष्ट्र बैंकले जनाएको छ ।

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको -बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल विक्रि गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?