Comments Add Comment

जनकपुरको टोलीले गर्‍यो वीरगञ्जको नगवा पोखरी सरसफाइ

७ असोज, वीरगञ्ज । जनकपुरमा ‘स्वच्छता अभियान’ सञ्चालन गरिरहेको टोलीले वीरगञ्जमा आएर सरसफाइ गरेको छ । वीरगञ्ज महानगरपालिका १९ नगवामा रहेको नगवा पोखरी परिसरको सरसफाइ गरिएको हो ।

जकपुरको गंगा सागरमा सफाइ अभियान सञ्चालन गर्नुको साथै गंगा आरतीको सुरुवात गरेका प्रदेशसभा सदस्य रामआशिष यादव नेतृत्वको टोलीले सरसफाइ गरेको थियो । सोही अवसरमा सभासद राम आशिष यादवले नगवा पोखरीको संरक्षण र संवर्द्धनका लागि सक्दो सहयोग गर्ने आश्वासन दिएका छन् ।

नगवा पोखरीको नियमित सरसफाइ नभएका कारण पोखरीका माछाहरु मरेर दुर्गन्धित थियो । स्थानीय बासिन्दाले पनि नगवा पोखरीमै नुहाउने तथा लुगा धुने गर्दै आएका छन् । तर सरसफाइ भने गर्ने गरेका छैनन् ।

जनकपुरको टोलीले गरेको सरसफाइ प्रतीकात्मक मात्रै भएको र अबका दिनमा स्थानीय वासिन्दाले नै सरसफाइ गर्नुपर्ने सामाजिक अभियन्ता प्रकाश थारुले बताए ।

वडाअध्यक्ष प्रदीप चौरसियाले आफ्नो वडामा पर्ने पोखरीको नियमित सरसफाइमा ध्यान दिने प्रतिबद्धतासमेत जनाएका छन् । प्रत्येक शनिबार सातामा एक पटक पोखरीको सरसफाइ गराउने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment