Comments Add Comment

ध्यानका यी सरल विधी, जसबाट चमत्कारिक स्वास्थ्य-लाभ मिल्छ

स्थिती, परिस्थिती र व्यक्ति मानविय तनावका तीन कारण हुन् । यसबाट मुक्त हुनको लागि एउटै उपाय हो, ध्यान ।

भगवान शिवको विज्ञान भैरवतन्त्र किताबअनुसार १ सय ८ प्रकारका ध्यान विधि छन् । यीमध्ये कुनै एउटा मात्र ध्यान विधि प्रयोग गरी हामी लाभ उठाउन सक्छौँ । कुनै पनि व्यक्तिले दैनिक १५ मिनेटको अभ्यास गरेर यसको चमत्कारिक लाभ उठाउन सक्छ । तर, त्यसको लागि कम्तीमा ४५ दिन भने गर्नै पर्छ ।

ध्यान विधी

आचार्य श्री स्वामी ध्रुव

– ध्यान जुनसुकै समयमा पनि गर्न सकिन्छ । तर, विहान वा  कुनै निश्चित समयमा ध्यान गर्दा निकै लाभदायक हुन्छ ।

– ध्यान प्रारम्भ गर्नुपहिले कति मिनटको लागि ध्यानमा बस्नेबारे सोच्नु पर्छ । यस्तो सोच्दा समय पूरा  भएपछि हाइपोथेलेमसले संकेत गरिदिन्छ ।

– खुकुलो लुगा लगाएर सुखासनमा सुखपूर्वक लगातार १५ मिनट सम्म आँखा बन्द गरेर बसिराख्नुपर्छ । ध्यानमा बसेपछि आमा-बुआको अनुहार समझिने, सबैको कल्याण र जीवन सुखीको  कामना गर्दै प्रथना गर्नुपर्छ । अनि आˆनो अनुहारलाई सम्झनुपर्छ । त्यसपछि आसपासको सबैप्रकारका आवाजहरुलाई ध्यानपूर्वक सुन्नुपर्छ ।

– पहिलो चरणमा लगातार पाँच मिनेटसम्म नाकबाट तीव्र गतिले गहिरो र लामो साँस लिने र छोड्ने गर्नुपर्छ । त्यसपछिको १० मिनेट शान्त र शिथिल भएर स्वतः चलिरहेको स्वासप्रश्वासमाथि पूर्ण ध्यान लगाउनुपर्छ ।

– ध्यानको समयमा मनमा विचारको प्रभाव तेज हुन्छ । तर त्यस्ता विचारलाई राम्रो वा नराम्रो भनि मुल्यांकन गर्नु हुँदैन ।

– ध्यानको नियमित प्रयासबाट विचार हराउदै जान्छ । र, हरेक दिन चेतनाको स्तरमा स्वच्छता आउदै जान्छ ।

किन गर्ने ध्यान ?

– मानिसमा तीन प्रकारका चेतना हुन्छ – ब्रहमानंद, प्रेमानंद र सांसारिक आनन्द । यी तीनै चेतनाले आनन्दकै खोजी गर्छन् तर, यीनीहरुको शैली फरक हुन्छ ।

– ब्रहमानंद लिने प्रयासमा भएमा मानिस मस्त रहन्छन् । अर्काथरी प्रेमको आनन्द लिन्छन् वा लिने प्रयासमा हुन्छन् । तर, यो श्रीमान-श्रीमतिको प्रेम भने होइन । यस्ता मानिसहरु निकै व्यस्त रहन्छन् । अर्काथरी हुन्छन् सांसारिक वा भौतिकताबाट आनन्द लिने । यो आनन्दको असफल प्रयास हो । यस्ता मानिसहरु सँधै त्रस्त हन्छन् ।

– यही चेतनाबाट प्रमाणित हुन्छ की जसरी होस मानिस आनन्दको खोजीमा हुन्छ ।

– त्यसैले आनन्द हाम्रो डिएनएमै हुन्छ । हामीले सम्झनै पर्ने कुरा के भने आन्तरिक आनन्दको प्यास हामीलाई छ । यस्तो प्यास मेटाउनका लागि आ-आˆनो क्षमता र समझअनुसार खोजीरहेका हुन्छौँ । तर, त्यो बाहिर कुनै पनि ठाउँमा उपलब्ध हुँदैन । त्यस्तो दिव्य आनन्द त हामी भित्रै हुन्छ । यो बुझनको लागि ध्यान-साधना बाहेक कुनै उपाय नै छैन । यदपी ध्यान-योग कुनै पनि धर्मसँग सम्बन्धित छैन । यो शुद्ध विज्ञान हो ।

– सम्पूर्ण मानिसको कामना भनेको सुख, शान्ति, सफलता, सम्मान, सुरक्षा र सहयोग हो । यो ध्यानबाट सम्भव छ । चिकित्सकहरु पनि

ध्यान-साधनाको सल्लाह दिन्छन् । औषधी निर्माता कम्पनिहरुले मेडिटेशन म्यूजिक निकाली रहेका छन् । हामीको हूँ, कहाँबाट आएको छु, मरेपछि कता जान्छु भन्नेजस्ता प्रश्नको जबाफ खोज्न ध्यान-योगबाट मात्र सम्भव छ ।

वैज्ञानिक प्रभाव

– हाम्रो शरीरको कुशल व्यवस्थापनका  लागि ग्लैंडहरुले विभिन्न प्रकारका हार्मोन र रसायन उत्पादन गर्छ । जसले गर्दा स्वास्थ्य, कार्यक्षमता, धैर्यता, आत्मविश्वास, समझ र शान्तिमा वृद्धि हुन्छ ।

– जब मन शान्त रहन्छ, गहिरो नीद्रामा रहन्छौँ त्यतिबेला मात्र ग्लैंडहरुले विभिन्न हर्मोन उत्पादन गर्छन् । यही हर्मोनहरुले नै मानसिक शान्ति, आध्यात्मिक ज्ञान, उच्च समझ तथा परम सन्तोषको अनुभूति दिलाउँछ । ध्यानले विवेक, संन्तुष्टि र सकारात्मक सोचमा पनि बृद्धि गर्छ ।

– अस्तव्यस्त दैनिकी, प्रदूषित वातावरणका कारण ग्लैंडको कार्यक्षमता असन्तुलित हुन्छ । यस्तो भएमा निद्रा पर्दैन । या जुन समय निद्रा आउँछ त्यो बेला सुत्नको लागि समय हुँदैन । यस्तो अति नै जटिल समस्याबाट मुक्त हुनको लागि ध्यान साधना सबैभन्दा उपयुक्त माध्ययम हो ।

– जीवनको कुनै पनि समस्यामा समाधान पनि सँगै आउछ । यद्यपी धेरै समस्या र तनावको कारण हाम्रै गलत क्रियाकलाप हुन् । य भनेका गलत सोच, अशुद्ध भाव तथा नकारात्मक विचार हो । त्यसैले ध्यान गर्दा अनावश्यक इच्छा र विचार, तनाव र अवसादबाट मुक्त हुन सकिन्छ ।

यतिमात्र नभएर प्रतिरक्षा प्रणालीमा बृद्धि उच्च र रक्तचापनमा सन्तुलन, दुखाईबाट पनि टाढा रहन सकिन्छ । ध्यानले एकाग्रता, धैर्य, आत्मविकास, स्मरणशक्ति र शान्ति वृद्धि गर्नमा महत्वपूर्ण भूमिका खेल्छ ।

लेखक योगा फर माइन्ड म्यानेजमेन्ट तथा सृष्टि साधना केन्द्र, नेपालका संस्थापक हुन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment