Comments Add Comment

वन्यजन्तु कोषले भन्यो– बाघ संरक्षण उदाहरणीय, विश्वले नेपालबाट सिक्नू

८ असोज, काठमाडौं । विश्व वन्यजन्तु कोषले दुर्लभ हुँदै गएको पाटेबाघको संख्या बढाउन नेपालले गरेको प्रयास विश्वकै लागि उदाहरणीय भएको टिप्पणी गरेको छ । लक्ष्यअगाबै नेपालले पाटेबाघ वृद्धिको लक्ष्य हासिल गरेको तथ्य बाहिरिएसँगै कोषको यस्तो प्रतिक्रिया आएको छ ।

कोषका वरिष्ठ उपाध्यक्ष गिनेट्टा हेम्लीले नेपालबाट आएको खबरले संसारलाई नै चकित पारेको बताएका छन् । ‘नेपालबाट विश्वले सिक्नुपर्छ’, उनले पाटेबाघ संरक्षणमा नेपालले हासिल गरेकाे सफलताकाे प्रशंसा गर्दै भनेका छन् ।

कोषका अनुसार, लक्षित अवधिभन्दा अघि नै नेपालले बाघको संख्या लगभग दोब्बर बनाएको छ । नेपालका अन्य राष्ट्र पनि यो अभियानमा होमिए पनि नेपाल पहिलो भएको कोषको भनाइ छ ।

पछिल्लो बाघ सर्वेक्षण अनुसार नेपालमा करिब २ सय ३५ पाटे बाघ भेटिएका छन् । जुन संख्या सन् २००९ को तुलनामा दोब्बर हो । बाघको संख्या सन् २०२२ मा दोब्बर पार्ने विश्वव्यापी योजना भए पनि नेपालले त्यसअघि नै लक्ष्य भेटेको वन्यजन्तु कोषका नेपाल प्रतिनिधि डा. घनश्याम गुरुङले बताए ।

बाघको संरक्षणमा नेपाल सबैभन्दा अगाडि देखिएको भन्दै विश्व वन्यजन्तु कोषले यसमा स्थानीय समुदाय र सरकारको सहकार्य महत्वपूर्ण रहेको जनाएको छ ।

कोषले सरकार र समुदायसँग मिलेर वाघ संरक्षणका काम गरिरहेकोले सफलता मिलेको गुरुङले बताए ।

विश्वभर हाल करिब ४ हजार पाटेबाघ रहेको अनुमान गरिएको छ । तीमध्ये २ सय ३५ वटा नेपालमा गणना भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment