Comments Add Comment

चीन भ्रमण सकेर स्वदेश फर्किए उपराष्ट्रपति पुन

८ असोज, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन चीनको ६ दिने औपचारिक भ्रमण सकेर सोमबार स्वदेश फर्किएका छन् ।

भ्रमण सकेर फर्किएका उपराष्ट्रपति पुनलाई प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गृहमन्त्री रामबहादुर थापालगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

उपराष्ट्रपति पुनलाई विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण पनि गरेको थियो । उनको स्वागतमा नेपाल सरकारका उच्च पदस्थ कर्मचारी र सुरक्षा निकायका प्रमुखहरु पनि विमानस्थल पुगेका थिए ।

उपराष्ट्रपति पुन चीनको सिचुवान प्रान्तको छेन्दुमा आयोजित ‘१७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’ मा सहभागी हुन गएका हुन् । सोही अवसरमा उनले ‘वान बेल्ट, वान रोड’ सम्बन्धी कार्यक्रममा पनि सहभागी भएका थिए ।

उपराष्ट्रपति पुनले चीन बसाइँको क्रममा सिचुवानमा संचालित विभिन्न विकास परियोजना अवलोकन भ्रमणसमेत गरेका थिए ।

उनले चीनका उपप्रधानमन्त्री, चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तका नेतृत्व र सरकारी अधिकारीहरुसँग शिष्टाचार भेटसमेत गरेको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment