Comments Add Comment

क्याम्पस सञ्चालनका लागि आएको ५० लाख रूपैयाँमा सपिङ कम्प्लेक्स

७ असोज, कैलाली । कैलारी गाउँपालिका-१ हसुलियामा रहेको पुरानो विद्यालय दिपेन्द्र माध्यामिक विद्यालयले सामुदायिक क्याम्पस निर्माणका लागि गाउँपालिकाबाट पाएको ५० लाख रुपैयाँ दुरुपयोग गर्दै विद्यालय हातामा सपिङ कम्प्लेक्स निर्माण गरेको छ ।

गाउँपालिकाले क्याम्पस निर्माणका लागि गत वर्ष २५ लाख धरौटी र २५ लाख नगद रकम विद्यालयको खातामा पठाएको थियो । वि.सं. २०१० सालमा स्थापना भएको सो विद्यालयका अधिकांस भवन जीर्ण अवस्थामा छन् ।

ती भवनको मर्मत सम्भारसमेत नगरी विद्यालयले १० कोठे सपिङमल निर्माण गरेपछि त्यसको स्थानीयहरुले बिरोध गरेका छन् ।

स्थानीहरुले क्याम्पस निर्माणका लागि गाउँपालिकाले दिएको रकमले विद्यालयले सपिङमल बनाएपछि छानविन गर्न आग्रह गरेका छन् ।

स्थानीयहरुले विद्यालयमा रहेको भौतिक संरचना जीर्ण भएको र नयाँ भवनको आवश्यकता हुदाँ हुदै विद्यालयले सपिङमल बनाउनुको कारण खोजिनुपर्ने माग राखेका छन् ।

विद्यालयले महायज्ञ लगाएर समेत केही रकम संकलन गरेको थियो । तर, महायज्ञको आम्दानी र खर्चको विवरण अहिलेसम्म विद्यालयले सार्वजनिक गरेको छैन ।

दिपेन्ऽ माध्यामिक विद्यालयमा रहेका अधिकाश भवन पुराना भइ जीर्ण अवस्थामा छन् र ती भवनको मर्मत सम्भार गर्न निकै जरुरी छ ।

जिल्लाकै सबैभन्दा पुरानो विद्यालय भएपनि सुधारका लागि कुनै प्रयास भएको पाइँदैन् । हाल उक्त विद्यालयमा करिब ८ सय विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयका प्रार्चाय श्याम मल्लले भने पि|mज जान थालेको वजेटलाई सदुपयोग गर्न सपिङमल बनाएको तर्क गरे ।

उनले विद्यालयमा २ जना शिक्षक र ३ जना अन्य कर्मचारी गरी ५ जना लाई निजी स्रोतबाट तलब खुवाउँनु पर्ने भएका कारण सपिङमल निर्माण गरी भाडामा दिए ती कर्मचारीको तलब जुटाउन सहयोग पुग्ने भन्दै यसले विद्यालयलाईनै सहयोग पुग्ने बताए ।

उनले सामुदायिक क्याम्पसका लागि जमीन नभएपछि क्याम्पसका नाममा आएको रकम विद्यालयको सपिङमलमा लगानी गरेको स्वीकार गरे । मल्लले गाउँपालिकासँग समन्यन गरी नै सपिङमल बनाएको बताए ।

तर, कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले विद्यालयमा भएको अनियमितता तथा सपिङमलका बारेमा छानबिन हुने बताएका छन् ।

उनले गाउँपालिकाले सामुदायिक क्याम्पसका लागि रकम छुट्याएको भएपनि विद्यालयले उक्त रकम कुन शीर्षकमा कसरी सपिङमल निर्माणमा लगानी गरेको छ त्यसको खोजी गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment