Comments Add Comment

विश्वविद्यालयको भद्रगोल चिर्न सक्रिय छुः गिरिराजमणि

९ असोज, विराटनगर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्व विद्यालयका भद्रगोल चिर्न आफू सक्रिय रहने बताएका छन् । विश्वविद्यालय प्राज्ञिक थलो भएकाले नवीनतम् खोज तथा अनुसन्धानमा जुट्न उनले प्राध्यापकहरुलाई आग्रह समेत गरे ।

‘विश्वविद्यालयमा पढाउने प्राध्यापकहरुले खोजमूलक लेख/जर्नलहरु प्रकाशित गरेर विश्वविद्यालय र प्राज्ञिक क्षेत्रको गरिमा बढाउन जरुरी छ’, पूर्वाञ्चल विश्वविद्यालयको दुईदिने कार्याशाला गोष्ठीको मंगलबार उदघाटन गदै मन्त्री पोखरेलले भने ।

उनले शिक्षालाई रोजगारीसंग जोडेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै सरकारले शैक्षिक जनशतिm र आवश्यताका क्षेत्रबारे अध्ययन गर्न लागेको जानकारी दिए ।

देश संघीय संरचनामा गइसकेकाले प्रदेशको विशेषताअनुरुप शिक्षा अवलम्बन गर्ने नीति सरकारले लिएको उनले प्रष्ट पारे ।

कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. घनश्यामलाल दासले सामुहिक प्रयासबाट विश्वविद्यालयलाई गौरव गर्न लायक बनाउन आग्रह गरे ।

मन्त्री पोखरेलले त्यसअघि शैक्षिक भवन, पाशासनिक भवन र सरस्वती मन्दिरको उदघाटन गरेका थिए ।

दुई दिनसम्म चल्ने कार्यशाला व्यवस्थापन, विज्ञान तथा प्रविधि, शिक्षाशास्त्र, चिकित्साशास्त्र संकायअन्तर्गतका क्याम्पसहरुको गुणस्तर वृद्धिमा केन्द्रित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment