९ असोज, काठमाडौं । मंगलरबार सेयर बजार २२ अंकले बढेको छ भने कारोबार रकममा पनि उच्च वृद्धि भएको छ ।
मंगलबारमात्रै सेयर बजारमा करिब सवा अर्बको कारोबार भएको छ । मंगलबार १० हजार १ सय १८ वटा कारोबारबाट ४४ लाख १७ हजार २ सय ३० कित्ता सेयर किनबेच भएका छन् ।
जसमा १ अर्ब १२ करोड १२ लाख ७७ हजार ३ सय १५ रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । मंगलबारको सेयर कारोबार चालु आर्थिक वर्षकै सबैभन्दा उच्च हो ।
यस दिन सबैभन्दा बढी कारोबार प्रभु बैंकको भएको छ । प्रभु बैंकको ८ करोड ५१ लाख ४८ हजार ७९० सय रुपैयाँको शेयर कारोबार भएको हो ।
कारोबार रकमसँगै मंगलबार नेप्से परिसूचकमा समेत उल्लेखनीय वृद्धि देखिएको छ । नेप्से परिसूचकमा २२ दशमलव ३७ अंकको सुधार देखिएको छ । २२ दशमलव ३७ अंकले बढ्दा नेप्से परिसूचक १ हजार २ सय ८० दशमलव शून्य ५ अंकमा पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4