Comments Add Comment

यु-१९ एसिया कपको लागि नेपाली टिमको घोषणा, शक्ति गौचन टिम म्यानेजर

९ असोज, काठमाडौं । एसीसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगिताको लागि नेपाली क्रिकेट टिमको घोषणा भएको छ ।

छनोट कमिटीले मंगलबार आसिफ शेखको कप्तानीमा १५ सदस्यीय खेलाडी छनोट गरेको छ । त्यस्तै कमलसिंह ऐरी, रोहित कुमार पौडेल, रवि शाह, नन्दन यादव, रित गौतम र पवन सर्राफ पनि टोलीमा परेका छन् ।

टोलीका अन्य सदस्यहरुमा रविन्द्रजंग शाही, राशिद खान, भिम शार्की, त्रितराज दास, सुन्दीप जोरा, सागर ढकाल, अरुण ऐरी र सुर्य तामाङ रहेका छन् ।

यु-१९ टिमको म्यानेजरमा केही दिनअघि मात्रै सन्यासको घोषणा गरेका शक्ति गौचन रहेका छन् । त्यस्तै, मुख्य प्रशिक्षकमा विनोद दास रहेका छन् भने साहयक प्रशिक्षकमा मनोज कटुवाल रहेका छन् ।

यही सेप्टेम्बर २९ तारिखदेखि अक्टोबर ७ तारिखसम्म बंगलादेशमा एसिया कप हुदैछ । नेपाली यु-१९ क्रिकेट टिम यही २७ तारिखमा बंगलादेश प्रस्थान गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment