Comments Add Comment

नेविसंघद्वारा लुम्बिनी बाणिज्य क्याम्पसमा आगजनी

१० असोज, बुटवल । बुटवलको लुम्बिनी बाणिज्य क्याम्पसमा ११ जना आफ्ना मान्छेलाई शिक्षक, कर्मचारी भर्ती गरेको भन्दै नेपाल विद्यार्थी संघले आगजनी र तोडफोड गरेको छ ।

लुम्बिनी बाणिज्य क्याम्पस इकाइ समितिका सभापति सुरज क्षेत्री र केन्द्रीय सदस्य टंक पाण्डेको नेतृत्वको समूहले क्याम्पस प्रमुखको कुर्ची, टेबलमा आगजनी गरेको हो । उनीहरुले क्याम्पस प्रमुख चढ्दै आएको स्कार्पियो गाडीमा तोडफोड गरेका छन् ।

विद्यार्थीहरुले नयाँ नियुक्त गरिएका शिक्षक कर्मचारीहरु भनसुनका आधारमा नाताबाद, कृपाबाद र आसेपासे भएको आरोप लगाएका छन् ।

‘आफ्ना मान्छेलाइ प्रश्नपत्र आउट गराएर, चिट चोराएर नियुक्ति दिइएको छ, हामी यो मान्दैनौं । तत्काल निर्णय नसच्चाए थप आन्दोलन चर्काउछौं,’ नेबिसंघ केन्द्रीय सदस्य टंक पाण्डेले भने ।

क्याम्पसले आफूखुसी मान्छेलाई जागिर दिएको भन्दै निर्णय सच्चाउन नेविसंघले अल्टिमेटम समेेत दिएको छ ।

क्याम्पस प्रशासनले भने बैधानिक ढंगले शिक्षक कर्मचारी नियुक्ति गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment