+
+
Shares

धनुषामा हतियारसहित भारतीय नागरिकसहित ७ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १० गते १५:०३

१० असोज । जनकपुरधाम । धनुषाबाट पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक जना भारतीय नागरिकसमेत छन् ।

सुरुमा दुई जनालाई पक्राउ गरे पनि प्रहरीले उनीहरुको बयानको आधारमा थप ५ जना पक्राउ परेका हुन् । प्रहरीले सुरुमा धनुषाको कमला नगरपालिका-६ का १८ वर्षीय राजगिरकुमार महतो र कमला नगरपालिका-८ का २५ वर्षका सत्रुधन ठाकुरलाई पक्राउ गरेको थियो ।

इलाका प्रहरी कार्यालय खजुरीले दुबै जनालाई एक थान चाइनिज पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरेको हो ।

उनीहरुको बयानको आधारमा बिदेह नगरपालिका १ बस्ने नरेशकुमार ठाकुर,श्यामकुमार ठाकुर, रबिन्द्र ठाकुर, तारापट्टि सिरसिया बस्ने आजाद यादव, भारत मधुवनी बस्ने किशोरकुमार शर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुको साथबाट दुईवटा मोटरसाइकल र यूएसए लेखेको पेस्तोल र ७ थान गोलीसमेत बरामद भएको छ ।  उनीहरुलाई बिदेह नगरपालिका ४ हनुमान चोकबाट पक्राउ गरेको प्रहरीले बताएको छ ।

उनीहरु संगठित रूपमा कुनै घटना गराउने योजनासहित भारतबाट हतियारसहित आएको हुनसक्ने प्रहरीको आशंका छ । पक्राउ परेका सबैमाथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक शेषराज थान्दारले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?