Comments Add Comment

धनुषामा दुई किलो चाँदीसहित एकजना पक्राउ

१० असोज, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले २ किलो चाँदीसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नगराइन नगरपालिका २ नगराइन टोल बस्ने अजयकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी दिपेन्द्र शाहीले जानकारी दिए ।

नगराइन नगरपालिकाबाट जनकपुर आउँदै गरेका साहलाई जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले देवडीयाबाट चेकजाँचको क्रममा पक्राउ गरेको हो ।

ज६प २३३७ नम्बरको मोटरसाइकलमा साहले कपडाको झोलामा लुकाइछिपाइ ल्याउँदै गरेको २ किलो १० ग्राम चाँदी बरामद भएको हो । साहले भारतबाट अबैध रुपमा लुकाई छिपाइ चाँदी ल्याएको हुनसक्ने प्रहरीले जनाएको छ ।

साहलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर थप अनुसन्धान भैरहेको र बरामद चाँदी राजश्व कार्यालय बुझाउने तयारी भैरहेको डीएसपी शाहीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment