Comments Add Comment

सहकारी लुटेको अभियोगमा ३ जना पक्राउ

१० असोज, पोखरा । पोखराको सिर्जनाचोकस्थित जनएकता सहकारीमा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

भदौ ३१ गतेे सहकारीबाट ९ लाख १४ हजार रुपैयाँ चोरी भएको थियो । पक्राउ पर्नेमा पोखरा-१५ रामबजार बस्ने २० वर्षीया अन्जली गुरुङ, पोखरा-७ एयरपोर्ट बस्ने २२ वर्षीया बिनिता गुरुङ र पोखरा-६ गौरीघाट बस्ने १८ वर्षीय कमल ठगुन्ना छन् ।

सहकारी रहेको भवनको तल्ला तलाको सडर फोरेर काउन्टरबाट पैसा चोरी भएको थियो । प्रहरीको सक्रियता तथा गोप्य अनुसन्धानबाट उनीहरुलाई बुधबार बुलौंदीबाट पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई म्याद थप गरी अनुसन्धान अघि बढाएको कास्की प्रहरीले जानकारी दिएको छ ।

सहकारीमा सेक्युरिटी गार्ड तथा सिसी क्यामरासमेत नभएको मौका पारी चोरी भएको थियो । चोरी भएको भोलिपल्टमात्र नजिकैको होटलका कर्मचारीले सटर फोरिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment