Comments Add Comment

रौतहटमा दुई समूहबीच झडप, २३ राउण्ड हवाई फायर

१० असोज, रौतहट । रौतहटको गरुडा नगरपालिकामा शव जलाउने विषयमा दुई समूहबीच झडप हुँदा ५ प्रहरीसहित १७ जना भन्दा बढी घाइते भएका छन् ।

गरुडा नगरपालिका ९ रघुनाथपुरको श्रीपुरमा शव जलाउने विषयलाई लिएर दुई समूहबीच झडप भएपछि प्रहरीले २३ राउण्ड हवाई फायर र ३२ सेल अश्रुग्यास हानेको थियो । झण्डै दुई घण्टासम्म भएको झडपमा दुवैतर्फका गरी १२ जना भन्दा बढी घाइते भएका छन् । प्रहरीतर्फ पाँच जना भन्दा बढी व्यक्ति घाइते भएका छन ।

झडपमा घाइते भएका छविलाल सहनी, रमेश सहनी, सुरेन्द सहनी, सुनिल सहनी, शम्भु सहनीलगायतको गरुडाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी प्रहरीतर्फ हवलदार सञ्जयकुमार कुर्मी, प्रहरी जवान विजय रौनियार र परशुराम साहसहित पाँच जना घाइते भएका छन् । उनीहरुको टाउको र जिउमा चोट लागेको तथा उपचार गरुडामा भइरहेको प्रहरीले जनाएको छ ।

गाउँछेउमा रहेको चाँदी खोलामा पहिला देखि नै शव जलाउने गरेका स्थानीयलाई अर्को समूहले सो स्थानमा शव नजलाउन भने पछि झडप भएको थियो ।

प्रहरी हस्तक्षेप पछि अहिले अवस्था सामान्य भएको तथा सो क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक केदार ढकालले बताए । घटना गराउनमा संलग्न रहेको आशंकामा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको समेत उनले  जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment