Comments Add Comment

समावेशी इन्द्रजात्राः यसरी पिए महिलाले ‘जाँड’

काठमाडौं । राजधानीका नेवार समुदाय इन्द्रजात्रामा रमेका छन् । बसन्तपुरमा लिंगो ठड्याएपछि सुरु भएको इन्द्रजात्रामा बुधबार विशेष दिन रहृयो ।

माथिल्लो टोल (ठहने) मा रथ तानेको भोलिपल्ट अर्थात आज बुधबार मलिाहरुले भैरवको मुखबाट पठाइने प्रसाद अर्थात जाँड पिएका हुन्न् ।

भैरवको पछाडि ‘तेप’ भन्ने ध्याम्पोमा राखिएको जाँड पाइपबाट मुखमा ल्याइएको हुन्छ । यो पिउन  महिलाहरुका लागि आज छुट्याइएको दिन हो ।

केही वर्ष पहिलेसम्म यो परम्परा थिएन । तर, ‘श्री श्वेत भैरव हाथा हायकेगु व्यवस्थापन समिति’ले ७ वर्ष पहिले पुरुष र महिलालाई समावेशी बनाउँदै यो परम्परा सुरु गर्‍यो ।

अहिले यो जात्राकै विशेष आकर्षण नै बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment