Comments Add Comment

धिरजलाई आधा दर्जन फिल्मको अफर, भन्छन्-‘मेरो प्रतिस्पर्धा अनमोल, प्रदिपसँग होइन’

चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’बाट उदाएका नायक धिरज मगरलाई ६ दिनमा ६ चलचित्रबाट अफर आएको छ । चलचित्रकी निर्देशक रेनशा वान्तवा राइले आफूलाई धिरजको समय के छ, चलचित्र खेलाउनु पर्‍यो भन्दै आधा दर्जन निर्माताले प्रस्ताव गरेको बताइन् ।

धिरजको बढ्दो क्रेजलाई मध्यनजर गर्दै निर्माताले चलचित्रमा अफर गरेपनि अहिले नै अन्य निर्माताले उनलाई आफ्नो प्रोजेक्टको हिरो बनाउने अवसर भने पाउने छैनन् ।

किनकी, रेनशाले धिरजलाई लिएर चलचित्र ‘आई एम ट्वान्टी वान’ बनाउने घोषणा गरेकी छिन् । चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ सफल भएको भन्दै आयोजना गरिएको केक काट्ने कार्यक्रममा बोल्दै धिरजले आफू अहिलेका चल्तीका नायकहरुका लागि कुनै प्रकारको थ्रेट नभएको बताए ।

उनलाई पत्रकारले सोधे-‘के तपाई अहिलेका चल्तीका हिरोहरु अनमोल केसी, प्रदिप खड्काका लागि थ्रेट हो ?’ यसमा धिरजले भने-‘मैले बल्ल एउटा चलचित्रमा काम गरेको छु । उहाँहरुले ४-५ वटा चलचित्रमा काम गरिसक्नुभयो । म कसैको लागि पनि थ्रेट होइन । म आफू सफल हुन चाहन्छु ।’

धिरजलाई आधा दर्जन चलचित्रको अफर आएको बिषयमा रेनशाले भनिन्-‘हो, मैले अहिले उसको अभिभावको भूमिका निर्वाहा गरिरहेको छु । तर, उसले मेरो मात्र चलचित्र खेल्नुपर्छ भन्ने छैन । राम्रो कथावस्तु र टिम आएको खण्डमा उसले अरु चलचित्रमा पनि काम गर्छ ।’

‘इन्टु मिन्टु लण्डनमा’को सफलताकाे केक काट्दै ‘आई एम ट्वान्टी वान’ घोषणा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment