Comments Add Comment

केकले नजोडेकोे साम्राज्ञी र रेनशाको सम्बन्ध

चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ रिलिज भएको भोलीपल्ट, अर्थात शनिबार । काठमाण्डौको गोपिकृष्ण मुभिजमा जम्मा भएका दर्शकको भीड । त्यही भीडको विचमा कारबाट ओर्लिइन् नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह । साथमा थिए निर्देशक रेनशा वान्तवा राई र दुई नायक धिरज मगर र सारुक ताम्राकार ।

भिड छिचोल्दै पत्रकारको विचमा आइपुगेका उनीहरुले फ्यानको मायाको उपहार स्वरुप प्राप्त गरेको केक काट्न भ्याए । केक काट्ने क्रममा रेनशा र साम्राज्ञीले आफूहरुविच कुनै पनि खालको खटपट नभएको बताए । दुबैले एक अर्कालाई केक ख्वाइदिए । केक खाँदै गर्दा यी दुइले आफूहरुविच खटपट भनेर आएका समाचार झुटो भएको बताइदिए । लाग्यो, केकले सम्बन्ध जोडेछ ।

किनकी, चलचित्र रिलिजको दिन नजिकिदै जाँदा नायिका साम्राज्ञी टिमसँग सल्लाहा नै नगरी जापान उड्नु, चलचित्रको प्रिमियरमा पनि रेनशा र साम्राज्ञीविच खासै राम्रो सम्बन्ध नदेखिनुले सम्बन्ध विग्रिएको हल्लामा बल पुगेका थियो ।

शनिबार केकले जोडेको सम्बन्ध फेरि वुधबार बेलुकी त्यही केकले टुटाइदियो । रेनशाले आफ्ना २ हिरोको साथमा चलचित्र सफल भएको भन्दै केक काट्दै गर्दा साम्राज्ञी उपस्थित भइनन् । साम्राज्ञी नआउँदा आफूहरुलाई दुःख लागेको र टिमले नै उनलाई मिस गरेको रेनशाको जवाफ थियो । रेनशा र उनको टिमलाई साम्राज्ञी बिरामी भएको खबर प्राप्त भएको रहेछ ।

उनले यती मात्र भनिन् । थपिन्-‘साम्राज्ञी स्थापित नायिका हुन् । यसैले पनि उनलाई अब हाम्रो आवश्यकता नपरेको हुनसक्छ । उनी, अरु चलचित्रका लागि पनि व्यस्त होलिन् । तर, आज उनी नहुँदा खल्लो भयो ।’

रेनशाले यसो भन्दै गर्दा साम्राज्ञी र उनीविच खटपट भएको प्रष्ट भयो । साम्राज्ञीले किन आफूसँग दुरी बनाएको होला भन्ने प्रश्न पनि उनको थियो । यतिमात्र होइन, यसरी दुरी बनाउँदा साम्राज्ञीलाई नै गाह्रो हुने विश्लेषण भयो ।

साम्राज्ञीले रेनशाले नायक धिरज मगरलाई मात्र च्यापेको भन्दै दुरी बनाएको वुझिएको छ । अब, रेनशासँग साम्राज्ञीको बोन्डिङ नयाँ चलचित्रमा नहुने पक्का जस्तै छ । बरु, रेनशा अमेरिकाबाट नयाँ २ जना नायिका भित्राउने तयारीमा छिन् ।

चलचित्रको छायांकन सुरु हुँदा रेनशा र साम्राज्ञीको बोन्डिङ लोभलाग्दो थियो । तर, चलचित्र रिलिज हुँदै गर्दा यी दुई, दुइतिर मुख फर्काएर हिड्न पर्ने अवस्थामा पुगेका छन् । पि्रमियरमा रेनशा रुँदा नपग्लिएको साम्राज्ञीको मन एउटा केक काट्दा पग्लिहाल्ने अवस्थामा छैन । केकले नजोडेको यी दुइको सम्बन्ध अब कसरी जोडिएला खै ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment