+
+
Shares

रोनाल्डोले म्यानचेष्टर युनाइटेडविरुद्ध खेल्न पाउने

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ११ गते १९:००

११ असोज, काठमाडौं । युभेन्टसका फर्वार्ड क्रिष्टियानो रोनाल्डो च्याम्पियन्स लिगमा म्यानचेष्टर युनाइटेडविरुद्ध टिममा सहभागी हुने भएका छन् ।

यूईएफएले उनीमाथि एक खेलको मात्र प्रतिबन्ध लगाएपछि अर्को महिना पूर्वक्लबविरुद्ध खेल्न पाउने भएका हुन् ।

युभेन्टसबाट च्याम्पियन्स लिगमा डेब्यू गरेकै खेलमा उनले रातो कार्ड पाएका थिए । यो च्याम्पियन्स लिगमै रोनाल्डोको करियरकै पहिलो रातो कार्डसमेत थियो ।

उनीमाथि तीन खेलको प्रतिबन्ध पनि लाग्नसक्थ्यो । तर, एक खेल मात्र गुमाउने भएका छन् । अब उनले स्वीस क्लब योङ ब्वाईविरुद्ध मात्र खेल्न पाउने छैनन् ।

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?