Comments Add Comment

नेपालले बोलिभियालाई हरायो

जर्जिया । ४३ औं चेस ओलम्पियाडमा नेपालको पुरुष टोलीले चौथो चरणको खेलमा बिहिबार बोलिभियालाई २.५-१.५ ले हराएको छ ।

चौथो चरणमा नेपाल च्याम्पियन मदनकृष्ण कायस्थले बोलिभियाका लुइस मिगुल अग्वीलरलाई र विवेक थिङले डानियल पिन्टोलाई हराए । रुपेश जैसवालले पाउलो रोजोसँग बराबरी खेले भने हिमाल लामा जोस डेनियल जेमीसँग पराजित भएका थिए । पाँचौं चरणमा नेपाली पुरुष टोलीले आफूभन्दा एक स्थान माथिको चाइनिज ताइपेईसँग खेल्नेछ ।

यसैगरी महिलातर्फ चौथो चरणमा नेपालको प्रदर्शन सुधार हुन सकेन । नेपाली महिला टोलीे बेल्जियमसँग ३-१ ले पराजित भयो । यस खेलमा नेपालकी सुजना लोहनीले मात्र जित हात पारिन् । सुजनाले विबेके बारवियरलाई हराइन् । मोनालिसा खम्बु अस्ट्रेड बारवियरसँग, सुशिला गुरुङ हानी गोसेन्ससँग र खुश्बु थापा एन्लेलाइस कुभेलियरसँग पराजित भए ।

चौथो चरणको खेल सकिँदा महिलातर्फ नेपालले एउटा खेल जितेको छ । नेपालले तेस्रो चरणको खेलमा गाम्बियालाई ४-० ले हरायो थियो । पाँचौं चरणको खेलमा नेपालले एक सय २८ औं स्थानको लेसोतोसँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment