+
+
Shares

नेपालले बोलिभियालाई हरायो

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १२ गते १८:५२

जर्जिया । ४३ औं चेस ओलम्पियाडमा नेपालको पुरुष टोलीले चौथो चरणको खेलमा बिहिबार बोलिभियालाई २.५-१.५ ले हराएको छ ।

चौथो चरणमा नेपाल च्याम्पियन मदनकृष्ण कायस्थले बोलिभियाका लुइस मिगुल अग्वीलरलाई र विवेक थिङले डानियल पिन्टोलाई हराए । रुपेश जैसवालले पाउलो रोजोसँग बराबरी खेले भने हिमाल लामा जोस डेनियल जेमीसँग पराजित भएका थिए । पाँचौं चरणमा नेपाली पुरुष टोलीले आफूभन्दा एक स्थान माथिको चाइनिज ताइपेईसँग खेल्नेछ ।

यसैगरी महिलातर्फ चौथो चरणमा नेपालको प्रदर्शन सुधार हुन सकेन । नेपाली महिला टोलीे बेल्जियमसँग ३-१ ले पराजित भयो । यस खेलमा नेपालकी सुजना लोहनीले मात्र जित हात पारिन् । सुजनाले विबेके बारवियरलाई हराइन् । मोनालिसा खम्बु अस्ट्रेड बारवियरसँग, सुशिला गुरुङ हानी गोसेन्ससँग र खुश्बु थापा एन्लेलाइस कुभेलियरसँग पराजित भए ।

चौथो चरणको खेल सकिँदा महिलातर्फ नेपालले एउटा खेल जितेको छ । नेपालले तेस्रो चरणको खेलमा गाम्बियालाई ४-० ले हरायो थियो । पाँचौं चरणको खेलमा नेपालले एक सय २८ औं स्थानको लेसोतोसँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?