+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
0/0
Shares

१ सय ५० किलो मरिचसहित १३ लाखको समान बरामद

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १२ गते १९:०४

१२ असोज, वीरगञ्ज । दशैं तिहार, छठ लगायतका चाडवाड नजिकिएसँगै तस्करहरु सक्रिय हुन थालेका छन् ।

चाडवाडलाई लक्षित गरेर भन्सार छलेर सीमा क्षेत्रमा समान भित्र्याउने क्रम बढेको छ । यी चाडबाडमा लत्ता कपडाको बिक्रि अत्याधिक हुने गरेको छ ।

रातको समयमा विभिन्न चोरबाटोबाट लत्ता कपडा लगायतका समान सीमा क्षेत्रमा ल्याएर थुपार्ने अनि दिनमा बजारमा पठाउने गरिएको छ ।

पर्सा प्रहरीले भारतबाट भन्सार छली ल्याई लुकाएर राखेको अवस्थामा वीरगञ्जको छपकैयाबाट १३ लाख मूल्य बराबरको लत्ता कपडा लगायतका सामग्री बरामद गरेपछि यसको पुष्टि भएको हो ।

वीरगञ्ज महानगरपालिका वडा नं १ बस्ने राजेश साह तेली र उमरावती देविको घरमा छापामारी गरेर लाखौं मूल्य बराबरको समान बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए । ‘भन्सार छलेर समान ल्याई भण्डारण गरी राखिएको छ भन्ने विशेष सूचनाको आधारमा बिहान ४ बजे छापामारी गरेर लत्ता कपडा नियन्त्रणमा लिएका हौं,’ उनले भने, ‘घरधनी फरार रहेकोले पक्राउ गर्न सकिएन ।’

उनीहरुको घरबाट सर्टिङ कपडा १८ सय मिटर, कुर्ता सलवार ६५४ थान, सुर्टिङ कपडा १ सय ४० मिटर, पि्रन्ट कपडा ५ सय ८० मिटर,ब्लाउज कपडा २ सय ३९ थान, सर्ट कपडा ५६ थान, बच्चाको कपडा २ सय ३५ थान, अस्तर ८२ थान, टप्स १९ थान, सर्ट १२ थान, पाइन्ट कपडा २० मिटर, सेन्डो, पेन्टी १ सय ६ थान, बच्चाको कोट ८ थान कपडा बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ ।

त्यस्तैगरि प्रहरीका अनुसार गण्डकबाट ३० हजार मुल्य बराबरको सेण्डो पेन्टी बरामद गरिएको छ ।

यसैबीच प्रहरीले नेपालबाट भारततर्फ अवैध रुपमा लैजाँदै गरेको १ सय ५० किलो मरिच बरामद गरेको छ । २५ किलोका ६ बोरा मरिच बरामद गरिएको हो ।
मरिचको बजार मुल्य अन्दाजी १ लाख २० हजार रुपैयाँ रहेको अनुमान गरिएको छ ।

साइकलमा मरिच लैजाँदै गरेको अवस्थामा प्रहरी टोलीलाई देखेपछि तस्करहरुले मरिच छोडेर भागेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

भियतनाम लगायतका देशबाट रेलमार्ग हुँदै सुख्खा बन्दरगाहमा मरिच ल्याएर भारततर्फ तस्करी गर्ने गरिएको छ ।

बरामद गरिएका सामाग्रीहरु आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?