+
+

भक्तपुरमा दशैं सुरक्षा रणनीतिः २४ घण्टे एम्बुस, ५०८ प्रहरी परिचालन

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १३ गते १२:०७

१३ असोज, भक्तपुर । भक्तपुर प्रहरीले दशैं तिहारलाई लक्षित गरी नयाँ सुरक्षा रणनीति अपनाएको छ । शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने गरी रणनीति तय गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।

दशैं तिहारको अवधिभर सीमा नाका, शक्तिपीठ, सार्वजनिक सवारी साधन, नगरका चोक तथा गल्ली, बैंक तथा वित्तीय संस्था, सुन चाँदी पसल भएका स्थानमा सुरक्षाकर्मी बढी केन्दि्रत हुनेछन् । होटल, लज, रेष्टुराँ र पुलहाउस समेत प्रहरीको निगरानीमा रहने छन् ।

‘संवेदनशील स्थान तोकेर तालीम प्राप्त कुकुरको समेत परिचालन गर्ने व्यवस्था मिलाएका छौं,’ श्रेष्ठले भने ।

भक्तपुर प्रहरीका अनुसार चोरी तथा लुटपाट नियन्त्रण गर्न ‘२४ घण्टे एम्बुस’ र ग्रामीण क्षेत्रमा मोबाइल तथा पैदल गस्ती गरिने छ । मोटरसाइकल गस्ती, स्ट्राइकिङ, रिजर्भ, सिआरभीको पनि व्यवस्था मिलाइएको छ । त्यसका लागि ५०८ प्रहरी परिचालन गरिने छ ।

भक्तपुरमा मदिरा सेवन गर्न, जुवातास तथा लंगुरबुर्जा खेल्न पनि निषेध गरिएको छ । साथै आपराधिक पृष्ठभूमि र अदालतबाट कैद सजाय पाएर मुक्त भएका व्यक्तिहरुमाथि पनि निगरानी गरिने भक्तपुर प्रहरी प्रवक्ता रेवतीरमण पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?