Comments Add Comment

ईण्डोनेशियाः भूकम्प र सुनामीको कारण ५० जनाको मृत्यु

१३ असोज, काठमाडौं । ईण्डोनेशियामा शक्तिशाली भूकम्पपछि सुनामी जाँदा ५० जनाको मृत्यु भएको छ । मध्य ईण्डोनेशियाको सुलावेसी द्वीपमा शुक्रबार गएको ७.५ म्याग्नीच्युडको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा परी ५० जनाको मृत्यु भएको बिबिसीले जनाएको छ ।  सुरुमा ६.० र त्यसपछि ७.४ र ६.१ म्याग्नीच्युडका भूकम्प गएको समाचारमा उल्लेख छ ।

भूकम्पको केन्ऽबिन्दु सुलावेसी द्वीपको १८ किलोमिटर गहिराइमा भएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले -युएसजिएस) ले जानकारी दिएको छ । भूकम्पपछि करिब ६ फिट लामो सुनामी सुलावेसी द्वीपको पालू शहरमा पसेको थियो । तटिय क्षेत्रका बस्तीहरुमा सुनामीले बढी प्रभावित पारेको अधिकारीहरुले बताएका छन् । त्यसैले पनि धेरै मानवीय तथा भौतिक क्षति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।

सुनामीबाट प्रभावित पालू शहरमा करिब ३ लाखको मानिसको बसोबास छ । त्यहाँ टेलिफोन सेवा समेत ठप्प भएको छ ।  सामाजिक सञ्जालहरुमा शेयर गरिएका भिडिओमा कयौं मानिस चिच्याइरहेका देखिन्छन् ।
मृतकको संख्या अझै बढ्न सक्ने आशंका छ । क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

विश्वका अन्य देशहरुको तुलनामा ईण्डोनेशियामा बढी भूकम्प जाने गरेको छ । पछिल्लो एक महिनामा इण्डोनेशियामा थुप्रै भूकम्प गएका छन् । ५ अगष्ट इण्डोनेशियाको लम्बोकमा गएको शक्तिशाली भूकम्पमा परी ४६० जना भन्दा बढीको मृत्यु भएको थियो ।

त्यसअघि सन् २००४ मा इण्डोनेशियाको सुमात्रा द्वीपमा गएको भूकम्पपछि हिन्द महासागरमा सुनामी जाँदा २ लाख २६ हजार मानिसको मृत्यु भएको थियो । सोही समय इण्डोनेशियामा मात्रै करिब सवा ६ लाख नागरिकले ज्यान गुमाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment