+
+

वैदेशिक रोजगारीमा जानेको संख्या घट्दा पनि ३३ प्रतिशतले बढ्यो रेमिट्यान्स !

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १३ गते १७:४४

१३ असोज, काठमाडौं । एक महिनामा करिब ७४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउन महिनामा ७३ अर्ब ९५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको हो ।

राष्ट्र बैंकका अनुसार समिक्षा अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ११.८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

समिक्षा अवधिमा खुद ट्रान्सफर आय पनि ३५.३ प्रतिशतले वृद्धि भई ८४ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४.७ प्रतिशतले बढेको थियो । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समिक्षा अवधिमा ३३.५ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ११.८ प्रतिशतले घटेको थियो । समिक्षा अवधिमा मलेसिया जाने कामदारको संख्यामा उच्च गिरावट आएको राष्ट्र बैंकको निश्कर्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?