१३ असोज, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलको उद्घाटन खेलमा जितिसकेको खेल बराबरीमा रोकिनु परेपछि न्युरोड टिम (एनआरटी)का प्रशिक्षक रेफ्रीमाथि खनिएका छन् ।
अन्तिम मिनेटमा पाएको इन्डाइरेक्ट फ्रिकिकमा गोल गर्दै आर्मीले एनआरटीसँग २-२ को बराबरी खेलेको थियो ।
एनआरटीका प्रशिक्षक महेश्वर मुल्मीले रेफ्रीको गलत निर्णयका कारण आफ्नो टिमले अंक बाँड्नु परेको बताए । ‘हामीलाई अन्याय भएको छ । कुनै पनि हालतमा किपरले बढी बल होल्ड गरेका थिएनन्’ उनले भने ।
एनआरटी २-१ गोलले अगाडि थियो । ६ मिनेटको इन्जुरी टाइम पनि अन्तिम मिनेटमा चलिरहेको थियो ।
एनआरटीका गोलरक्षक अजित प्रजापतिले बल ६ सेकेन्ड भन्दा बढि होल्ड गरेको भन्दै रेफ्री सुदिश पाण्डेले डि बक्सभित्रै पि|mकिक दिए, जसमा सन्तोष तामाङले गोल गर्दै आर्मीलाई हारबाट जोगाएका थिए ।
एनआरटीका मुख्य प्रशिक्षक मुल्मीले बलियो टिम आर्मीविरुद्ध आफ्नो खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको बताए ।
आर्मीका मुख्य प्रशिक्षक नविन न्यौपाने भने आफ्नो टिमले २५ प्रतिशत पनि खेल्न नसकेको प्रतिक्रिया दिए । ‘खेलाडीले राम्रो खेल्न सकेनन् । काउन्टर एट्याकमा हामी चुकिरहृयौं । पासहरु पनि राम्रो हुन सकेन’ उनले भने, ‘मैले जुन तरिकाले सोचेको थिएँ, त्यस्तो खेल हुन सकेन ।’
प्रतिक्रिया 4