Comments Add Comment

अफिसबाट घर फर्केपछि के गर्ने ?

हुन त हरेक व्यक्ति फरक–फरक तरिकाले समय बिताउँछन् । धेरै मानिसहरु अफिस सकिएपछि थाकेको महसुस गर्छन् र प्रायजसो घर आउनासाथ सोफामा वा ओछ्यानमा सुस्ताउँछन् ।

तर, यो राम्रो तरिका होइन । अफिसबाट घर आएर के गर्ने त त्यसो भए भन्ने तपाईंलाई लाग्न सक्छ । आउनुहोस् जानी राखौं, सफल मानिसहरुले अफिस छोडेपछि के गर्छन्:

१. एक्सरसाइज

धेरै मासिनहरु अफिस सकिएपछि वर्कआउट अर्थात व्यायाम गर्छन् । दिनभरको थकान कम गर्न र राति चैनसँग निदाउन सफल मानिसहरुले बेलुका एक्सरसाइज गर्न मन पराउँछन् ।

२. खेल खेल्ने

सँधै खुसी रहने र स्वस्थ रहने सफल मानिसहरु आफूलाई मनपर्ने खेलहरु खेल्छन् । खेल खेल्नाले उनीहरु साथीहरुलाई समय दिन पाउँछन् र आफ्नो रचनात्मकतालाई पनि बढाउन सक्छन् ।

३. परिवारलाई समय दिने

जीवनमा सफल बन्न तपाईंलाई परिवारको साथ सँधै चाहिन्छ । यस्तोमा सफल मानिस परिवारप्रतिको आफ्नो जिम्मेवारीबाट टाढा भाग्दैनन् र अफिसबाट घर आएपछि आफ्नो परिवारसँग समय बिताउँछन् ।

घरमा परिवारसँगै टीभी हेर्ने, कुराकानी गर्ने र बेलुकाको डिनर सँगै गर्ने धेरै सफल मानिसहरुको बानी हुन्छ । यसले पारिवारमा आत्मियता र खुसीयाली पनि बढाउँछ ।

४. निद्रालाई प्राथमिकता दिने

सफल मानिसहरुलाई नियमित राम्रोसँग निदाएको अवस्थामा मात्रै आफ्नो कार्यक्षमता राम्रो हुन्छ भन्ने थाहा हुन्छ । उनीहरु आफ्नो निन्द्रासँग कहिल्यै पनि सम्झौता गर्दैनन् । त्यसैले प्रायजसो सफल मानिसहरु बेलुका समयमै सुत्ने गर्छन् र दिनमा ७–८ घन्टा नियमित सुत्ने गर्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment