+
+
Shares

ओरेन्टल सहकारी पिडितद्वारा एनआइसी एसिया बैंकविरुद्ध प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १४ गते १४:५२

१४ असाेज, काठमाडौँ । एनआइसी एसिया बैंकले आफूहरुको सम्पति हडपेको आरोप लगाउँदै ओरेन्टल सहकारी पिडितहरुले माइतिघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।

पिडित हरुले एनआइसी एसिया बैंकले ओरेन्टल सहकारी निक्षेपकर्ताहरुको रकम लगानी गरी बनाउन लागिएको धापासी हाइटको जग्गा एकलौटी रुपमा हडपेको आरोप लगाएका छन् । आफूहरुलार्इ जानकारी नै नगराई मनोमानि ढंगले जग्गा हडपेको उनीहरूकाे दाबी छ ।

उनीहरूले ‘न्यायालय हामीलाई न्याय देउ, बैंकले हडपेको सम्पति फिर्ता पाउँ, एनआइसी एसिया बैंकले पिडितहरुको सम्पत्ति फिर्ता गर’, जस्ता नारा लेखिएका ब्यानर र प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

सहकारी पिडित हकहित संरक्षण समितिकी अध्यक्ष कुन्ती पोख्रेलले भोलि , अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दाको पेसी रहेकाले पिडितहरुलार्इ निष्पक्ष न्याय तथा न्यायपालिकाको ध्यानाकर्षणा गर्ने उद्देश्यले विरोध प्रदर्शन गर्नुपरेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?