Comments Add Comment

प्रदेश १ को राजधानी र नाम तोक्न नसकेको भन्दै कांग्रेसद्वारा विरोध

१४ असोज, विराटनगर । प्रदेशको नाम र स्थायी राजधानी तोक्न विलम्ब गरेको भन्दै प्रदेश १ मा प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको आलोचना गरेको छ ।

प्रदेशसभाको आइतबारको बैठकमा कांग्रेस संसदीय दलका मुख्य सचेतक केदार कार्कीले प्रदेश सरकारले नाम र स्थायी राजधानीका बिषयमा सरकार उदासिन बनेको आरोप लगाए ।

उनले प्रतिपक्षको पनि सहमतिमा स्थायी राजधानी र नाम तोक्न सरकारलाई आग्रह समेत गरे । सचेतक सूयर्माराज राईले सरकार गठन भएको लामो समयसम्म नाम र राजधानी टुङ्गो लगाउन नसेको भन्दै तत्काल उक्त विषय संसदमा प्रवेश गराउन आग्रह गरे ।

आइतबारको प्रदेशसभा बैठकले सिंचाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ सर्वसम्मतिले पारित भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा पेश गरेको विधेयक संशोधनसहित पारित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment